बुधबार, भदौ १७, २०८३

एसिया कप फाइनल: वर्षाका कारण ढिलो गरी खेल सुरु

 |  आइतबार, भदौ ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

एसिया कप २०२३ को उपाधिका लागि आज आयोजक श्रीलंका र भारतबीच प्रतिस्पर्धा भइरहेको छ। घरेलु टिमले टस जितेर ब्याटिङ रोजेको छ।

वर्षाका कारण निकै ढिलो गरी म्याच सुरु भएको छ।श्रीलंकाको कोलम्बोमा खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा सुरु हुनुपर्ने भए पनि वर्षाका कारण ३ बजेर ५५ मिनेटमा सुरु भएको हो।

श्रीलंकाका कप्तान दासुन सनकाले टस जितेर पहिले ब्याटिङको निर्णय लिएपछि उसले ब्याटिङ गरिरहेको छ। भारतका जसप्रित बुमराहले खेलको दोस्रो बलमै श्रीलंकालाई झट्का दिँदै कुशल परेराको विकेट लिएका छन्।

प्रकाशित: Sep 17, 2023| 15:57 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्