बुधबार, भदौ १७, २०८३

एसिया कप फाइनल: टस जितेर ब्याटिङ गर्दै श्रीलंका

 |  आइतबार, भदौ ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

एसिया कप २०२३ को उपाधिका लागि आज आयोजक श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुँदैछ। अहिले सवा तीन बजे कोलम्बोमा सुरू हुने खेलका लागि घरेलु टिमले टस जितेर ब्याटिङ रोजेको छ।

श्रीलंका टिममा डसुन शानका, पथुम निशंका, कुसल परेरा, कुसल मेन्डिस †,  सदीरा समरविक्रमा, चरित असालान्का, धनन्जय डी सिल्भा, दुनिथ वेलालागे, दुषन हेमन्थ,  प्रमोद मदुशन, मथीशा पाथिराना छन्।

यसैगरी टिम भारतमा रोहित शर्मा, शुभमन गिल, विराट कोहली, केएल राहुल †, इशान किशन, हार्दिक पाण्ड्या,  रविन्द्र जडेजा, वासिङ्टन सुन्दर, जसप्रित बुमराह, कुलदीप यादव, मोहम्मद सिराज छन्।

यसअघि सुपर फोरमा भारतसँग श्रीलंका ४१ रनले पराजित भएको थियो।

 

प्रकाशित: Sep 17, 2023| 15:08 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्