बिहीबार, फागुन १४, २०८२

हजार करोड पार गर्ने दौडमा जवान

 |  आइतबार, भदौ ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

शाहरुख खान अभिनित ‘जवान’ले घरेलु बक्स अफिसमा शानदार प्रदर्शन कायम राखेको छ। पहिलो साता बक्स अफिसमा एकछत्र राज गरेको चलचित्रको क्रेज दोस्रो साताको अन्त्यमा पनि घटेको छैन।

National life

दोस्रो शनिबार चलचित्रले ३१.५० करोड भारु आम्दानी गरेको छ। योसँगै चलचित्रले घरेलु बक्स अफिसमा खुद ४४०.४८ करोड भारु कमाइसकेको छ।

एट्ली निर्देशित चलचित्रले अब चाँडै ५ सय करोड क्लबमा प्रवेश गर्ने देखिएको छ। जवानले शनिबार हिन्दी बजारमा ३७.२९ प्रतिशत अकुपेन्सी पाएको थियो। धेरै दर्शक रात्रिकालीन शोमा चलचित्र हेर्न गएका थिए।

चलचित्र निर्माता कम्पनी रेड चिलिज इन्टरटेनमेन्टका अनुसार जवानले विश्वभरबाट ७३५.०२ करोड भारु कमाएको छ। आगामी साता चलचित्रले १ हजार करोडको आँकडा पार गर्ने कम्पनीको अपेक्षा रहेको छ।

घरेलु बजारमा जवानले ५ सय करोड भारु आम्दानी गर्‍यो भने यो वर्ष यो कोशेढुंगा पार पर्ने यो तेस्रो चलचित्र हुनेछ। बलिउडमा अहिलेसम्म यस्तो कहिले पनि भएको थिएन।

Laxmi sunrise bank

शाहरुखकै पठानले ५४३.०५ करोड भारु कमाएको थियो भने त्यसपछि रिलिज भएको सनी देओलको गदर–२ ले ५१७.२८ कमाएको थियो।

यी तीन चलचित्रबाहेक कुनै पनि हिन्दी चलचित्रले आजसम्म घरेलु बक्स अफिसमा पाँच सय करोड भारुको कोशेढुंगा पार गरेको थिएन। यसअघि दंगलले ३८७.३८ करोड भारु कमाएको थियो।

प्रकाशित: Sep 17, 2023| 11:22 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्