काठमाडौं- ब्राजिलको अमेजोनस राज्यमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
अमेजोनस राज्यको राजधानी मनौसबाट करिब ४०० किलोमिटर टाढा रहेको बार्सेलोसमा शनिबार विमान दुर्घटना भएको हो ।
भारी वर्षाका कारण अवतरण गर्न खोज्दा विमान दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।
दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ। विमानमा दुई चालक दलका सदस्य र १२ यात्रु थिए। यात्रुमा केही पर्यटक रहेको बीबीसीले जनाएको छ।