बिहीबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • आप्रवासीको आगमन संख्या बढेपछि ईयू चिन्तित, ईयू प्रमुख इटाली जाने

आप्रवासीको आगमन संख्या बढेपछि ईयू चिन्तित, ईयू प्रमुख इटाली जाने

 |  शनिबार, भदौ ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ३०, २०८०

ब्रसेल्स- यूरोपेली सङ्घ (ईयू) का प्रमुख उर्सुला भोन डेर लेयेनले आप्रवासीको आगमन बढेपछि इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीसँग इटालीको लाम्पेडुसा टापुको भ्रमण गर्ने भएकी छन्।  

National life

ट्युनिसियाको तटबाट १४५ किलोमिटरको दूरीमा रहेको लाम्पेडुसामा यसै साता तीन दिनमा करिब आठ हजार ५०० जना डुङ्गाबाट ओर्लिएपछि मेलोनीले ब्रसेल्सलाई दबाब कम गर्न आग्रह गर्ने भएकी हुन्। ईयूका एक अधिकारीले भोन डेर लेयेनको भ्रमणको पुष्टि गरे पनि विस्तृत विवरण भने दिएका छैनन्। 

अधिकारीहरूले शुक्रबार उक्त सानो टापुबाट हजारौं आप्रवासीहरूलाई सिसिलीमा स्थानान्तरण गरेका थिए।

शरणार्थीहरूको आगमनमा भएको वृद्धिले शरणार्थीहरूको लागि यूरोपले कसरी जिम्मेवारी साझेदारी गर्दछ भन्ने बहसलाई पुनर्जीवित गरेको छ।

इटालीको सबैभन्दा दक्षिणी टापु लाम्पेडुसा लामो समयदेखि उत्तरी अफ्रिकाबाट आएका आप्रवासी डुङ्गाहरूको अवतरण स्थल रहँदै आएको छ। तर ४०० भन्दा कम मानिसका लागि बनाइएको आप्रवासी केन्द्र यो हप्ता अस्तव्यस्त भएको थियो।

Laxmi sunrise bank
kumari

संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायका अनुसार सोमबारदेखि बुधबारसम्म १९९ वटा डुङ्गामा करिब आठ हजार ५०० मानिस आएका छन्। इटालीको कडा दक्षिणपन्थी सरकारका सदस्यहरूमा हजारौं मानिसहरू खुला हावामा सुतेको, परिधिको घेरा नाघेर शहरको चारैतिर घुमिरहेको तस्बिरले आक्रोश उत्पन्न गरेको थियो।

उप–प्रधानमन्त्री माटेओ साल्भिनीले ती व्यक्तिहरूको आगमनलाई ‘युद्धको कार्य’ भन्नुभएको छ। शुक्रबार मेलोनीले युरोपेली सङ्घलाई मद्दतका लागि थप कदम चाल्न आग्रह गर्नुभएको छ।

मेलोनीको बलियो समर्थनमा भोन डेर लेयेनले जुलाईमा ट्युनिसियासँग सम्झौता गर्नुभएको थियो। भ्रमणको उद्देश्य उत्तर अफ्रिकी देशबाट अनियमित आप्रवासनको प्रवाहलाई रोक्नु थियो।

प्रकाशित: Sep 16, 2023| 21:20 शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्