शनिबार, साउन ९, २०८३

युइएफए नेसन्स लिग : पोर्चुगल र पोल्याण्ड भिड्दै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठामडौं- युइएफए नेसन्स लिग फुटबल अन्तर्गत आज (मंगलबार) राति पोर्चुगल र पोल्याण्ड भिड्दै छन् । यी दुई टोली नेसन्स लिगको समूह चरणको अन्तिम खेलमा भिड्न लागेका हुन् । खेल आज राति पोर्चुगलको घरेलु मैदानमा नेपाली समय अनुसार ठीक १:३० बजेबाट सुरु हुनेछ ।

मंगलबारको खेलको नतिजाले यि दुबै टोलीलाई कुनै फरक पर्ने छैनन् । किनकी, पोर्चुगल यसअघि इटालीसँग बराबरी खेल्दै अन्तिम खेलअगावै प्रतियोगिताको अन्तिम चारमा पुगिसकेको छ भने यता पोल्याण्ड अन्तिम खेल बाँकी छँदै रेलिगेसनमा परेको छ । 

तसर्थ आजको खेल दुवै टोलीका लागि औपचारिकता मात्रै हुनेछ । तर हालसम्म प्रतियोगितामा जित विहीन रहेको पोल्याण्डका लागि यो खेल पहिलो जित निकाल्ने अवसर हनेछ । 

यसअघि पोल्याण्ड आफ्ना ३ वटै खेलमा जितविहीन छ । जहाँ पोल्याण्डले २ खेल हारेको छ भने एक खेल बराबरी खेलेको छ । यता, पोर्चुगलले भने २ खेल जितेर एक खेल बराबरी गरेको छ ।

यसअघि भएको खेलमा पोर्चुगलले पोल्याण्डलाई उसकै घरमा २-३ ले हराएको थियो । आज आफ्नो घरमा उत्रिँदा पोर्चुगल तेस्रो जितका लागि प्रयास गर्नेछ । यस समूहमा हाल पोर्चुगल ७ अंकसहित शीर्ष स्थानमा रहँदा इटाली ५ अंकसहित दोस्रो स्थानमा छ । पोल्यान्डको खातामा मात्रै १ अंक छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।