बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नेपाल–अफ्रिका फिल्म फेस्टिभल

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
काठमाडौं – अफ्रिका र नेपालबीच सांस्कृतिक एवम् पर्यटकीय आदानप्रदानका साथै दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध बनाउने उद्देश्यले काठमाडौंमा ‘सातौं नेपाल–अफ्रिका फिल्म फेस्टिभल–१८’ हुने भएको छ।

यही मंसिर १० देखि १२ गतेसम्म काठमाडौंको कमलपोखरीस्थित रसीयन कल्चर सेन्टरमा हुने फेस्टिभलमा विभिन्न विषयवस्तुमा आधारित ११ वटा फिल्म प्रदर्शनी गरिने कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन (सिजेएमसी) एवम् फेस्टिभलकी आयोजक तथा निर्देशक डा. मन्जु मिश्रले जानकारी दिइन्।

फेस्टिभलमा इजिप्टका मोहमद फाडलद्वारा निर्देशित नासिर ५६, चीनका ज्याङयोङ, होडन ओ अब्डी र फु डोङ निर्देशित अफ्रिकन इन युवा, स्विजरल्यान्डका आइरन लोएबल निर्देशित लाइफ इन प्रोगेस, स्विडेनका नाडिया डाइवर्ग र पी युलिन्स निर्देशित फुटबोलडोक्र्टन, रुवान्डा, फ्रेन्च र बेल्जियमका फिलिप भ्यान लु निर्देशित ली लोर ओ डाइस्ट पार्टी इन भोग फिल्मको प्रदर्शन गरिनेछ। यस्तै सेनेगलका ओस्मान विलियम मेबी निर्देशित प्रेसिडेन्ट डाई, अल्जेरियाका मर्जाकओल्ज निर्देशित बाबएल क्यु सिटी फिक्सन, अमेरिकाका जर्ज क्यासी निर्देशित द सेरेन्गेटी, साउथ अफ्रिकाका डारयन जोसाउ निर्देशित कल मी थिफ र नेपालबाट मनोज पण्डितद्वारा निर्देशित फिल्म छाया प्रदर्शन गरिनेछ।

फेस्टिभलकी निर्देशक डा. मिश्रले नेपालले बिबिसी र सिएनएनले समाचार भनेकै भरमा अफ्रिकाप्रतिको गलत धारणा बनाइरहेको बताइन्। उनले पछिल्लो समयमा थुप्रै विकास गरेकाले अफ्रिकाबाट नेपालले सिक्नुपर्ने धेरै कुरा रहेको बताइन्। त्यहाँको संस्कृति र विकासबारे चलचित्रका माध्यमबाट थाहा पाउन सकिने बताउँदै उनले सोही उद्देश्य परिपूर्तिका लागि सात वर्षयता प्रत्येक वर्ष फेस्टिभल आयोजना गरिँदै आएको बताइन्।

‘मैले अफ्रिकामा सारी लगाएर उभिँदा धेरैले तपाईं भारतको हो भनेका छन्’, उनले भनिन्, ‘मैले म सगरमाथाको देश नेपालको नागरिक हुँ भनेर स्पष्टीकरण दिएकी थिएँ। उनीहरुलाई हाम्रो संस्कृतिका बारेमा थाहा छैन। देशको पहिचान उक्त देशको पहिरनबाट पनि हुन्छ। अफ्रिकालाई यस्तै सांस्कृतिक विषयवस्तु जानकारी दिन फेस्टिभल आयोजना गरिएको हो।’

सोही अवसरमा कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन (सिजेएमसी) ‘आदिम मिडिया हाउस’ को मंसिर ९ गते उद्घाटन हुने बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्