शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • क्रियाशील विवाद टुंग्याएर २ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नुपर्छ : शेखर कोइराला

क्रियाशील विवाद टुंग्याएर २ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नुपर्छ : शेखर कोइराला

'छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुङ्याएर डेढ/दुई महिना भित्र महाधिवेशन सम्पन्न गरिनुपर्छ,' बैठकमा उनले भनेका थिए।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले दुई महिनाभित्र क्रियाशील सदस्यताको विवाद टुंग्याएर महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन्। पार्टी सभापति निवास बुढानीलकण्ठमा जारी केन्द्रीय समितिको बैठकमा उनले यस्तो बताएका हुन्। 

'छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुङ्याएर डेढ/दुई महिना भित्र महाधिवेशन सम्पन्न गरिनुपर्छ,' बैठकमा उनले भनेका थिए। 

सरकारलाई प्रधानमन्त्री समेत रहेका पार्टी सभापतिले पर्याप्त समय निदएको समेत उनको भनाइ थियो।

 नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति वैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राख्नुभएको मन्तव्यको सम्पादित अंश:

१. सरकारलाई बधाई ! शुभकामना-सफलताको कामना।

२. प्रधानमन्त्रीजीले १००% समय सरकार सञ्चालनमा ध्यान दिनुपर्नेमा ७५% समय पार्टीको काममा खर्च भएको छ। यसरी सरकार सञ्चालन कसरी प्रभावकारी हुन सक्छ?

३. २ महिनादेखि १५ मन्त्रालय नेतृत्व विहीन छन्। यसले कसरी जनहितमा काम गर्न सक्छ र शुसासन दिन सक्छ ?  

४. संख्याका हिसाबले नेपाली कांग्रेस अल्पमतमा छ तर पनि कांग्रेस यतिबेला सरकारको नेतृत्व गर्दैछ । गठबन्धनको सरकार छ। अहिले सरकारका सामु धेरै चुनैती छ ।

५. यतिबेला अन्तर्राष्ट्रिय परिश्थिती कांग्रेस पार्टीको प्रतिकुल छ। हाम्रा छिमेकी राष्ट्र र मित्र राष्ट्रहरु संगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने छ । त्यसकारण पार्टीको सम्पुर्ण शक्ति सरकारलाई सफल बनाउँन केन्द्रित हुनुपर्ने देखिन्छ।

६. आज दु:ख लागेको छ। सानेपाको कार्यलय छाडेर केन्द्रीय समिती बैठक यहाँ गर्दैछौं । पार्टी कार्यलयमा धर्नामा बसेका हाम्रै साथीहरु हुन्। उनीहरुको माग हामीले सुन्नुपर्छ । १३औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य साथीहरू नै पार्टी कार्यलयमा धर्नामा बस्नु भएको थियो तर पार्टी अफिसमै बैठक बस्यो र साथीहरूको माग सुनुवाइ भयो।मेरो बिनम्र आग्रह छ कि हरेक केन्द्रीय समिति बैठक पार्टी अफिसमै राखौं।

५. अधिवेशन : संविधान र कानुन हामीले नै बनाएको हौँ। यहाँ हुनुभएका धेरै साथीहरू संविधानसभामा हुनुहुन्थ्यो। त्यसमा उल्लेख भएका र लेखिएका कुराहरुलाई कांग्रेस जस्तो लोकतान्त्रिंक पार्टीले बिर्सन मिल्दैन । कांग्रेस पार्टी लोकतन्त्रको पाठशाला पनि हो। पदाधिकारी र पुर्व पदाधिकारीले महाधिवेशनको टुङ्गो लगाउँनुहोला भनेर केन्द्रीय सदस्यहरु कुरेर बस्यौं तर उहाँहरुमा ईच्छाशक्ति  देखिएन। 

६. क्रियाशिल सदस्यता : तल्लो तहबाट, विधान र प्रक्रियागत ढङ्गले आएका छानबिन समितीले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट बिधि बिपरित थपिएका क्रियाशिल सदस्यता र पार्टी समायोजन नाममा प्रकृया नपुर्याइ बितरण गरिएका सदस्यताले जटिलता उत्पन्न गरेको हो ।

नेतृत्व र क्रियाशील छानबिन समितीले क्रियाशिलमा धेरै समस्या छैन भनेर भनिसकेकोले यसमा अल्झिन आवश्यक छैन । जुन-जुन स्थानमा समस्या छ त्यहाँ १३ औँ महाअधिवेशनका क्रियाशिललाई आधार मानेर अधिवेशनमा जाऔँ ।

७. निर्देशिका :  गत निर्वाचनमा विद्रोही उमेदवार, प्रस्तावक र समर्थकको नाम क्रियाशिल नविकरणमा समावेश भएको हुन सक्छ त्यसलाई हटाँउने व्यबस्था निर्देशिकामा गरिनुपर्छ भनेर क्रियाशिल सदस्य छानविन समितिका संयोजक रमेश लेखक ज्युले राखिसक्नु भएको छ । कतिपय स्थानमा पार्टीका आधिकारिक उमेद्वारको नविकरण छुटेको छ । नविकरण छुटेकाको हकमा १३औँ महाधिवेशनको कार्ड लिएर आएमा महाधिवेशन प्रक्रियामा सहभागी हुन दिने व्यबस्था निर्देशिकामा राख्नुपर्छ ।

८. अहिले केही पदाधिकारी एवं जिम्मेवार नेताहरुबाट विषेश महाधिवेशन अथवा यही कार्यसमितिलाई डेढ दुई बर्ष समय थप्ने कुरा सुनिदैछ । कोही केन्द्रीय सदस्यले यस्तो कुरा गरेका छैनन्। पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन। विषेश महाधिवेशन र म्याद थप्ने कुरा कदापी मान्य हुँदैन। क्रियाशील सदस्यताको समस्या समाधान नभई महाधिवेशन हुनै सक्दैन। पटक- पटक हामीले कार्यतालिका बनायौं तर क्रियाशिलको बिवादले कार्यतालिका प्रभावित भयो, यो पटक त्यस्तो नहोस्। छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुङ्याएर डेढ/दुई महिना भित्र महाधिवेशन सम्पन्न गरिनुपर्छ।

९. नेपाली कांग्रेसको अधिवेशन हाम्रो नेतृत्व चयनको मात्र विषय होइन । यो मुलुकको भविष्य कता कसरी जान्छ भनी निर्धारण गर्ने यो महाधिवेशन हो । यसमा देशवासीको चासो र चिन्ता त छ नै , अन्तराष्ट्रिय समुदायको पनि हामी प्रति दृष्टि छ । तसर्थ कांग्रेसको १४औ महाधिवेशनको संघारमा हामीले एकतावद्ध भएर हामी प्रति भरोसा र विश्वास गर्नेको मन जित्न सके नेपालमा लोकतन्त्रको भविष्य सुन्दर हुनेछ ।

प्रकाशित: Aug 13, 2021| 14:55 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...