शनिबार, असार १३, २०८३

प्रिमियर कप खेल्ने २४ सदस्यीय प्रारम्भिक टोली घोषणा

१६ टोलीले सहभागिता जनाउने प्रिमियर कपको शीर्ष तीनमा रहने टोलीले आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कपमा स्थान बनाउनेछ। 
 |  शुक्रबार, भदौ २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी यू–१९ प्रिमियर कप खेल्न २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। आज क्यानले प्रिमियर कप खेल्ने टोलीको घोषणा गरेको हो। 

National life

१६ टोलीले सहभागिता जनाउने प्रिमियर कपको शीर्ष तीनमा रहनेले आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कपमा स्थान बनाउनेछ। 

नेपाल रहेको समूह ‘ए’ मा बहराइन, साउदी अरेबिया र इरान छन्। समूह ‘बी’ मा यूएई, ओमान, कतार र चीन तथा समूह ‘सी’ मा सिंगापुर, कुवेत, थाइल्यान्ड र मालदिभ्स छन्। समूह ‘डी’ मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन्। प्रिमियर कप अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुनेछ।

क्यानले घोषणा गरेको २४ सदस्यीय टोलीमा सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा रहेका छन्।

यस्तै,  उत्तम थापा मगर, दीपक डुर्मे, दीपेक कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल, युनिससिंह ठकुरी, अशोक पौडेल, अभिषेक तिवारी, नरेन भट्ट र निरज यादव टिममा परेका छन्।

Shivam cement

प्रकाशित: Sep 15, 2023| 16:47 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्