बिहीबार, फागुन १४, २०८२

चलचित्र घरमालिक बने दीपक–दीपाश्री र निर्मल शर्मा

अर्थतन्त्र योभन्दा पनि तल खस्किने ठाउँ नरहेकाले अबका दिनमा लय समात्ने महासंघ अध्यक्ष ढकालको दाबी।
 |  शुक्रबार, भदौ २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०

काठमाडौं– दीपकराज गिरि, दीपाश्री निरौला र निर्मल शर्मा कलाकारसँगै अब फिल्म हल सञ्चालक पनि बनेका छन्। कलाकारत्रयले आजदेखि नयाँ बानेश्वरस्थित ‘आइएनआई सिनेमाज्’ सञ्चालनमा ल्याएका हुन्।

National life

उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकाल र कलाकार हरिवंश आचार्यले संयुक्त रुपमा फिल्म हल उद्घाटन गरे।

कार्यक्रममा अध्यक्ष ढकालले आगामी दिनमा अर्थतन्त्र थप चलायमान बन्ने बताए। अर्थतन्त्र योभन्दा पनि तल खस्किने ठाउँ नरहेकाले अबका दिनमा लय समात्ने उनले दाबी गरे।

अध्यक्ष ढकालले व्यावसायिक क्रियाकलाप बढे मात्रै अर्थतन्त्र चलायमान हुने धारणा व्यक्त गरे। कोरोनापछि अर्थतन्त्र कमजोर बन्दै गएको र व्यावसायिक माहौल बिग्रँदै गएको अवस्थामा सिनेमा हल खुल्नुले मानिसमा सकारात्मक ऊर्जा थपिने विश्वास उनले व्यक्त गरे।

१० करोड रुपैयाँमा लागतको चलचित्र घरमा साउन्ड सिस्टमसहित अत्याधुनिक प्रविधि राखिएको कार्यक्रममा सञ्चालक एवं कलाकार दीपकले बताए। चलचित्र निर्माता तथा निर्देशकसमेत रहेका दीपक–दीपा र निर्मलले सञ्चालनमा ल्याएको हलमा दुई वटा पर्दा छन्। दुवैमा २१० र १७७ सिट रहेका छन्। 

Laxmi sunrise bank

चलचित्र निर्माताबाट हल मालिक बनेका दीपकले नेपाली फिल्मलाई ५० प्रतिशत सेयर दिइने घोषणा गरे। हाल नेपाली चलचित्रले पहिलो साता ५०, दोस्रो साता ४५, तेस्रो साता ४० र त्यसपछि ३५ प्रतिशत सेयर पाउँछन्। आइएनआईले नेपाली चलचित्रलाई सीधै ५० प्रतिशत सेयर दिने भएको हो।

अर्का कलाकार निर्मलले नेपाली चलचित्रलाई आफ्नो हलमा प्राथमिकता दिइने घोषणा गरे। नयाँ उद्घाटन गरिएको हलमा आजदेखि नेपाली चलचित्र प्रदर्शनमा आएका छन्।

प्रकाशित: Sep 15, 2023| 14:55 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्