मंगलबार, वैशाख ९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अलपत्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढाइँदै

अलपत्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढाइँदै

भरतपुर महानगर प्रमुख रेनु दाहालले रंगशालाको बाँकी निर्माणको काम महानगरले पूरा गर्ने दाबी गरेकी हुन्।
 |  शुक्रबार, भदौ २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०

vianetvianet

चितवन– धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अघि बढ्ने भएको छ। भरतपुर महानगर प्रमुख रेनु दाहालले रंगशालाको बाँकी निर्माणको काम महानगरले पूरा गर्ने दाबी गरेकी हुन्।

triton college

आज नारायणी किनारमा भएको सरसफाइ तथा वृक्षरोपण कार्यक्रममा उहाँले जनस्तरबाट भएको चासो र चिन्तालाई आफूले मनन गरेको जनाउँदै उनले जसरी भए पनि रंगशाला बनाइने बताइन्। उनले भनिन्, ‘हामीलाई पटक–पटक जनस्तरबाट खबरदारी भएको छ। रंगशाला के हुँदै छ भन्ने आम रुपमा जनतामा चासो र चिन्ता छ। महानगर प्रमुखले अल्लि अस्ति नै बनाउने भन्नुभएको थियो। निर्माणको काम कहाँ पुग्यो भन्ने जनतामा प्रश्न छ।’

सामाजिक सञ्जालमा समेत पहिला बोलेका कुरा राखेर प्रश्न उठाउने गरिएको उनको भनाइ छ। उनले भनिन्, ‘म यही कार्यक्रममार्फत भन्न चाहन्छु, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्छ हाम्रै पालामा। तपाईंहरु ढुक्क रहनुस्।’

रंगशाला निर्माण पूरा गर्न ठूलो आकारको ऋण तिर्नुपर्ने भएको र सरकारले ऋण तिर्ने भन्ने पहिला कुनै सम्झौता नभएको हुँदा निर्माण प्रक्रिया अगाडि बढाउन मुस्किल भएको भन्दै महानगर प्रमुख दाहालले गत आर्थिक वर्ष अन्त्यमा सरकारको १२ करोड बजेट आएको तर एक साता पनि समय नहुँदा बजेट फिर्ता पठाइएको सुनाइन्। उनले फिर्ता भएको बजेट छिट्टै आउने  आश्वासन दिलाइन्।

रंगशाला निर्माणका लागि महानगरलाई तत्कालै अर्बौं बजेट जुटाउन समस्या हुने हुँदा चरणबद्घ ढंगले काम अघि बढाउँदै  र बनेका संरचना संरक्षण गर्दै लैजाने दाहालको भनाइ छ। उनले रंगशालालाई खेल्न लायक ठाउँ बनाउन महानगरले विभिन्न प्रक्रिया पूरा गरी बागमती प्रदेश सरकारसँगको साझेदारीमा छिट्टै काम अघि बढाइने जानकारी दिइन्।–रासस

National life insurance

प्रकाशित: Sep 15, 2023| 14:32 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्