बिहीबार, माघ २२, २०८२

टर्की उडे ओलम्पियन विष्ट 

विश्व ओलम्पियन संघको आयोजनामा इस्तानबुलमा आजदेखि सुरु हुने दुईदिने विश्व ओलम्पियन सम्मेलनमा सहभागी हुन विष्ट गए राती टर्की गएका हुन्। 
 |  शुक्रबार, भदौ २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०

National life
Laxmi sunrise bank

काठमाडौ–नेपाल ओलम्पियन संघ अध्यक्ष दीपक विष्ट टर्कीको इस्तानबुल उडेका छन्। विश्व ओलम्पियन संघको आयोजनामा इस्तानबुलमा आजदेखि सुरु हुने दुईदिने विश्व ओलम्पियन सम्मेलनमा सहभागी हुन विष्ट गए राती टर्की गएका हुन्।

उक्त सम्मेलनमा विश्वभरबाट १ सय ५० भन्दा बढी ओलम्पियन सहभागी हुने बताइएको छ। विष्टले विगत दुई वर्षमा गरेका गतिविधि उक्त सम्मेलनमा प्रस्तुत गर्नेछन्।एसियाली ओलम्पियनको भेला नेपालमा आयोजना गर्ने प्रस्ताव उक्त सम्मेलनमा पेस गर्ने ओलम्पियन विष्टले बताए।

ओलम्पियन विष्टलाई नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका महासचिव राजेन्द्र भण्डारीलगायतले बिहीबार बिदाइ गरेका थिए।

प्रकाशित: Sep 15, 2023| 12:40 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्