शनिबार, कात्तिक १५, २०८२

एसिया कपको फाइनलमा भारत र श्रीलंकाको भिडन्त

 |  शुक्रबार, भदौ २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०

एसिया कप क्रिकेट २०२३ मा पाकिस्तानलाई दुई विकेटले पराजित गर्दै श्रीलंका फाइनलमा प्रवेश गरेको छ। कुशल मेन्डिसको ९१ तथा चारिथ असलन्काको ४९ नटआउट रनको मद्दतले श्रीलंकाले पाकिस्तानलाई पराजित गरेको हो।

Kumaribank

अब उसको भेट भारतसँग फाइनलमा हुनेछ। पाकिस्तानलाई नै हराएर भारत फाइनलमा पुगिसकेको छ। 

जितका लागि डीएलएस अनुसार ४२ ओभरमा २ सय ५२ रनको लक्ष्य पाएको श्रीलंकाले अन्तिम बलमा विजयी रन बटुलेको थियो। श्रीलंकालाई जितका लागि अन्तिम ओभरमा आठ रन चाहिएको थियो। 

मेन्डिसले तेस्रो विकेटका लागि सदीरा समरविक्रमसँग सय रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए। त्यस अगाडि मोहम्मद रिजवानको ८६ नटआउट रनको मद्दतले पाकिस्तानले सात विकेटमा २ सय ५२ रन बनाएको थियो। 

प्रकाशित: Sep 15, 2023| 07:59 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्