आइतबार, असार १५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • प्यालेस्टाइनी शरणार्थी शिविरमा भीषण लडाइँ हुँदा ६ जनाको मृत्यु

प्यालेस्टाइनी शरणार्थी शिविरमा भीषण लडाइँ हुँदा ६ जनाको मृत्यु

 |  बिहीबार, भदौ २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०

vianetvianet

बेरुत- लेबनानको सबैभन्दा ठूलो प्यालेस्टाइनी शिविरमा भएको झडपमा कम्तीमा छ जनाको मृत्यु भएको छ। घटनामा अरु एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन्।

दक्षिणी बन्दरगाह शहर सिडोनको बाहिरी इलाकामा रहेको आइन अल–हिल्वेह शरणार्थी शिविरमा फताह आन्दोलनका सदस्य र सशस्त्र लडाकु समूहबीचको झडप अघिल्लो सातादेखि भइरहेकामा बुधबार त्यसले घातक रुप लिएको अल जजिराले जनाएको छ।

प्यालेस्टाइनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसङ्घीय राहत निकाय युएनआरडब्ल्युएका अनुसार द्वन्द्वले सयौँ विस्थापित भएका छन्। धेरैले स्थानीय मस्जिद, विद्यालय र सिडोन नगरपालिका भवनमा शरण लिएका छन्।

करिब एक हजार दुई सय जनालाई नजिकैका विद्यालयमा सारिएको छ। संयुक्त राष्ट्रसङ्घकाअनुसार लेबनानमा व्यवस्थापन गरिएका १२ शरणार्थी शिविरमध्ये आइन अल–हिल्वेहमा ५५ हजार शरणार्थी छन्।  -एएनआई

प्रकाशित: Sep 14, 2023| 20:41 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्