शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवाले भने– ए बाबा, भिडियो बन्द गर्न निर्देशन दिइसकेँ, ढुक्क हुनुस् न!

देउवाले भने– ए बाबा, भिडियो बन्द गर्न निर्देशन दिइसकेँ, ढुक्क हुनुस् न!

शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा नेता धनराज गुरुङले ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने...’ शीर्षकमा बनेका भिडियोका बारेमा प्रश्न उठाएपछि देउवाले बन्द गर्न निर्देशन दिएको बताएका हुन्।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्रसंशामा बनेका भिडियो सन्देश बन्द गर्न निर्देशन दिएको बताएका छन्। शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा नेता धनराज गुरुङले ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने...’ शीर्षकमा बनेका भिडियोका बारेमा प्रश्न उठाएपछि देउवाले बन्द गर्न निर्देशन दिएको बताएका हुन्। 

‘जसरी केपी ओलीलाई 'आइ लभ यु बा' भनियो। बालुवाटारबाट बालकोट जाँदा नारा लगाइयो। त्यस्तो प्रवृत्तिबाट हामी आजित थियौं। सभापतिजी पनि प्रधानमन्त्री बनेपछि भिडियो बनाएर त्यही प्रवृत्ति देखाउन खोजियो,’ गुरुङले भनेका थिए, ‘त्यो काम तुरुन्तै बन्द गर्नुस्, यसरी भजन गाएर सरकार सफल हुँदैन।’ 

गुरुङको प्रश्नको जवाफको दिँदै देउवाले भनेका थिए, ‘ए बाबा मैले त्यस्ता भिडियो नबनाउन निर्देशन दिइसकेको छु। अब बन्दैनन्, ढुक्क हुनुस् न।’ 

प्रधानमन्त्री देउवाको प्रसंशामा बनाइएका ती भिडियोको चौतर्फी आलोचना भएको थियो।

बैठकमा बोल्दै गुरुङले सबै नागरिकलाई व्यवस्थित तरिकाले खोप उपलब्ध गराउन माग गरे। 

'सभापतिजीले संसदमा खोप, खोप र खोप भन्नु भएको छ। त्यो लक्ष्य पुरा होस्, व्यवस्थित तरिकाले खोप दिइयोस्,’ उनले भनेका थिए। 

सरकार भ्रष्टाचार विरुद्धको अभियानमा लाग्नुपर्ने उनको सुझाव थियो। ‘मैले बालुवाटारमै भेटेर तपाईलाई भ्रष्टाचारका ठूलठूला काण्डको छानबिन गर्न सुझाव दिएको थिएँ, त्यसको पालना गर्नुहोस्। सरकार भ्रष्टाचार विरुद्धको अभियानमा लागोस्,’ उनले भने।

प्रकाशित: Aug 13, 2021| 14:45 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...