शनिबार, साउन ९, २०८३

डिपिएलको निर्देशकमा बिनोद नियुक्त 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- तेस्रो रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेट प्रतियमोगिताको निर्देशकमा निबर्तमान राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा बर्तमान यू-१९ राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक विनोद दासलाई नियुक्त गरेको छ । 

बिनोदलाई प्रतियोगिताको निर्देशकमा नियुक्त गरेको धनगढी क्रिकेट एकेडेमीमा अध्यक्ष सुवास शाहिले विज्ञाप्ति मार्फत जानकारी दिए ।
 
नेपाली क्रिकेटमा हासिल गरेको अनुभवले डिपिएलको निर्देशनको रुपमा रहँदा प्रतियोगिताले थप उचाई लिने विश्वास लिएको एकेडेमीका अध्यक्ष शाहीले विज्ञप्तिमा जनाएका छन् । 

प्रतियोगिता आगामी माघ १९ गते देखि फाल्गुन ४ गतेसम्म धनगढीको अन्तराष्ट्रिय क्रिकेट मैदान फाप्लामा आयोजना हुने छ । अनुमानित कुल लागत ५ करोड रहेको यस प्रतियोगिता धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ । 

यस अघि प्रतियोगिता हुदैँ आएको संघीय इकाई प्रहरी कार्यालयको मैदानलाई वैकल्पिक मैदानका रुपमा तयार गरिनेछ । यसअघि देशकै सर्वाधिक ठुलो धनराशीको क्रिकेट प्रतियोगिताको रुपमा २०७३ र २०७४ सालमा डीपीएलको पहिलो र दोस्रो संस्करण आयोजना गरिएको थियो । दुबै संस्करणको विजेता टिम चौराह धनगढी हो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।