शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रुसी राष्ट्रपतिलाई भेटेर रेलको बाटो हुँदै स्वदेश फर्किए उत्तर कोरियाली नेता किम 

रुसी राष्ट्रपतिलाई भेटेर रेलको बाटो हुँदै स्वदेश फर्किए उत्तर कोरियाली नेता किम 

 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

मस्को- आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग शिखर वार्ता गरेर उत्तर कोरियाली सर्वोच्च नेता किन जोङ उन स्वदेश प्रस्थान गरेका छन्। 

National life

भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा रहेको साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा राष्ट्रपति पुटिनसँग शिखर वार्ता गरेर नेता किम आफ्नो अभेद्य रेलमा स्वदेश फर्किएको रुसी समाचार संस्था आरआईए नोवोस्तीले जनाएको छ। उनी राष्ट्रपति पुटिनको निमन्त्रणामा रुस भ्रमणमा थिए। 

वार्ताका क्रममा उत्तर कोरियाली नेताले राष्ट्रपति पुटिनलाई मस्कोका सेनाले आफ्ना शत्रुहरूमाथि ‘महान् विजय’ हासिल गर्ने आश्वासन दिएको रुसी समाचार समितिहरूले जनाएका छन्। उनले रुसी सेनाको प्रशंसा गर्दै युक्रेन युद्ध जित्ने विश्वास व्यक्त गरे।

राष्ट्रपति पुटिनले दुई देशबीचको सहयोग र मत्री भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै रुस र उत्तर कोरियाको समृद्धिको कामना गरेका थिए। उत्तरबाट हतियार आपूर्ति तथा रुसबाट जासुसी उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्नेप्रविधि हस्तान्तरण तथा खाद्यान्नलगायत सहयोगबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन। 

प्रकाशित: Sep 13, 2023| 18:45 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्