शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • हनोईको एक अपार्टमेन्टमा आगलागी हुँदा ३० जनाभन्दा बढीको मृत्यु

हनोईको एक अपार्टमेन्टमा आगलागी हुँदा ३० जनाभन्दा बढीको मृत्यु

 |  बुधबार, भदौ २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

vianetvianet

हनोई- भियतनामको राजधानी हनोईको एक आवासीय भवनमा आगलागी हुँदा ३० जनाभन्दा बढीको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले बुधबार जनाएका छन्।

triton college

मोटरसाइकलले खचाखच भरिएको १० तले भवनको पार्किङ फ्लोरमा स्थानीय समयअनुसार मंगलबार मध्यरातअघि आगलागी सुरु भएको प्रत्यक्षदर्शीले बताएका छन्।

भियतनामको सरकारी समाचार एजेन्सीका अनुसार १०० भन्दा बढी व्यक्ति भाग्न सफल भएका छन् वा उद्धारकर्ताहरूले उनीहरूलाई भवनबाट बाहिर निकालेका छन्। अधिकारीहरूले ५४ जनालाई अस्पताल पुर्‍याएका छन्।

सार्वजनिक सुरक्षा उपमन्त्रीले भान टुयेनले आगलागीबाट ठूलो जनधनको क्षति भएको बताएका छन्। मृत्यु हुनेमा कम्तीमा तीन जना बालबालिका रहेको बताइएको छ। 'मैले सहायताको लागि धेरै चिच्याएको सुनें। हामीले उनीहरूलाई केही सहयोग गर्न सकेनौं,' भवन नजिकै बस्ने होवा नाम जनाउने एक महिलाले भने। 

'अपार्टमेन्ट यति बन्द छ कि भाग्ने कुनै बाटो छैन, पीडितहरूलाई बाहिर निस्कन असम्भव छ,' उनले एएफपीसँग भने। एएफपीका फोटोग्राफरहरूले रातभर घटनास्थलमा खिचेका तस्बिरहरूमा भवनको कौसीहरूबाट आगोको ज्वाला र धुवाँ निस्केको देखिन्छ।

National life insurance

बुधबार बिहानसम्म आगो निभाइएको थियो तर दक्षिणपश्चिम हनोईको एक आवासीय क्षेत्रको साँघुरो गल्लीमा रहेको उक्त भवनमा पुग्न उद्धारकर्मीहरूले घन्टौंसम्म संघर्ष गरेका थिए।

उक्त कम्प्लेक्समा करिब १५० जना मानिस बसोबास गर्दै आएको अधिकारीहरूले बताएका छन्। अर्का प्रत्यक्षदर्शी हुओङका अनुसार आगोबाट बच्न एउटा कोठाबाट सानो बालकलाई फ्याँकिएको थियो।

उनले भने, 'जताततै धुवाँ थियो। त्यहाँ एउटा सानो केटो अग्लो तलाबाट फ्याँकिएको थियो, मलाई थाहा छैन ऊ बाँच्यो वा बाँचेन, यद्यपि मानिसहरूले उसलाई सुरक्षित गर्न एउटा म्याट्रेसको प्रयोग गरेका थिए।' 

प्रकाशित: Sep 13, 2023| 19:28 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्