शनिबार, साउन ९, २०८३

प्रथम दक्षिण एसियाली शारिरीक सुगठन प्रतियोगिता हुने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपालमा पहिलो पटक प्रथम दक्षिण एसियाली शारिरीक सुगठन प्रतियोगिता हुने भएको छ । एसियाली फेडेरेसन अफ बडिबिल्डिङ एण्ड फिट्नेसको आयोजनामा पहिलो पटक तीन दिने दक्षिण एसियाली शारिरीक सुगठन प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगिता यहि मंसिर ७ देखि ९ गते सम्म काठमाडौमा आयोजना हुने नेपाल फेडेरेसन अफ बडिबिल्डिङ एण्ड फिटनेस (एनएफबिएफ) ले पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिए । 

प्रतियोगितामा नेपाल लगायत भारत, पाकिस्तान, भुटान, अफगानिस्ता, बैगलादेश, श्रीलंका र मालदिभ्स गरि दक्षिण एसियाका आठ राष्ट्रको सहभागिता रहने एनएफबिएफले जानकरी दिएको छ । 
आठ राष्ट्रका १ सय भन्दा बढी खेलाडीले बिल्डिङतर्फ पुरुषको ६० केजी मुनी, ६५ केजी मुनी, ७० केजी मुनी, ७५ केजी मुनी, ८० केजी मुनी, ८५ केजी मुनी र ८५ केजी माथि प्रतिस्पर्धा गर्ने छन् । 

पुरुषकै फिजिकतर्फ १६८ सेन्टिमिटर मुनि, १७१ सेन्टिमिटर मुनि र १७१ सेन्टिमिटर माथि सहभागिता जनाउने छन् । त्यस्तै महिलातर्फ खुल्ला फिट्नेस र फिजिकको १६२ सेन्टिमिटर मुनि र माथि प्रतिस्पर्धा गर्ने छन् । 

नेपालबाट कुनै पनि विधामा दुई वा दुई भन्दा बढी खेलाडीले सहभागिता जनाउ सक्ने व्यवस्था गरेको एनएफबिएफका सदस्य सचिव लोकेन्द्र परियारले जानकारी दिए । 

अन्तराष्ट्रिय स्तरको प्रतियोगिता आयोजनाले नेपाली र नेपाली खेलाडीको छवी विश्वस्तर फैलाउन र नेपाली खेलाडीको पहुच बढाउन मद्दत पुग्नेका विश्वस्त रहेको एनएफबिएफका सदस्य सचिव परियारले दाबि गरे ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।