शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • लिबियामा बाढीको विध्वंसः ६ हजारको मृत्यु, १५ हजार बेपत्ता

लिबियामा बाढीको विध्वंसः ६ हजारको मृत्यु, १५ हजार बेपत्ता

ड्यानियल आँधीका कारण मुसलधारे झरी परेलगत्तै डेर्ना सहरमा रहेका दुई वटा नदीको बाँध भत्किँदा ठूलो मानवीय हताहती भएको हो।
 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– पूर्वी लिबियामा आएको बाढीमा परेर हालसम्म ६ हजार बढीले ज्यान गुमाइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। बाढीमा परेर १०औं हजार बेपत्ता भएको रेडक्रसका अधिकारीले बताएका छन्।

ड्यानियल आँधीका कारण भएको मुसलधारे वर्षासँगै अचानक बाढी आउँदा पूर्वी सहर डेर्नामा मात्र ३ हजार बढीको मृत्यु भएको बताइएको छ। डेर्नाको स्थानीय प्रशासनका अधिकारीले दुई वटा नदीका बाँध भत्किँदा ठूलो मानवीय हताहती भएको बीबीसी संवाददातालाई जानकारी दिएका छन्।

रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघका लिबियाका लागि प्रतिनिधिमण्डलका प्रमुख टेमेर रमदानले लिबियामा बाढीपछि १५ हजार मानिस बेपत्ता भएका र मर्नेको संख्या हजारौं पुग्न सक्ने चेतावनी दिएका छन्।–एजेन्सी 

प्रकाशित: Sep 13, 2023| 16:32 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्