सोमबार, असार १६, २०८२

राजस्थानमा ट्रकले बसलाई ठक्कर दिँदा ११ जनाको मृत्यु

जयपुर–आगरा सडकअन्तर्गत राजस्थानको भरतपुरमा नदबई इलाकाको हन्तरा पुलमा बुधबार बिहान बिग्रिएपछि रोकिएको बसलाई पछाडिबाट आएको ट्रकले दियो ठक्कर।
 |  बुधबार, भदौ २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

vianetvianet

काठमाडौं– गुजरातको भावनगरबाट मथुरा जाँदै गरेको बसलाई ट्रकले ठक्कर दिँदा ११ जनाको मृत्यु र १५ जना घाइते भएका छन्।

जयपुर–आगरा सडकअन्तर्गत राजस्थानको भरतपुरमा नदबई इलाकाको हन्तरा पुलमा बुधबार बिहान बिग्रिएपछि बस रोकिएको थियो। रोकिएको बसमा पछाडिबाट आएको ट्रकले ठक्कर दिएको राजस्थान प्रहरीले बताएको छ।

ट्रकले बसलाई ठक्कर दिँदा मृत्यु भएका ११ मध्ये ६ महिला र ५ जना पुरुष रहेका छन्। अरु घाइते यात्रुको जिल्ला अस्पतालमा उपचार जारी छ।

प्रकाशित: Sep 13, 2023| 10:55 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्