सोमबार, मंसिर १, २०८२

सवारी दुर्घटनामा परी अभिनेता विपीन कार्की घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – अभिनेता विपीन कार्की सवारी दुर्घटनामा परी घाइते भएका छन्। आज बिहान पौने आठ बजेतिर बालाजुतर्फ जाँदै गरेको कार्की सवार मोटरसाइकललाई विपरित दिशाबाट आएको मोटरसाइकलले ठक्कर दिँदा कार्की दुर्घटनामा परेका हुन्।

दुर्घटनाका कारण उनको दाहिने खुट्टाको हड्डीमा फ्र्याक्चर भएको छ। कार्कीको अहिले बल्खुस्थित बयोधा हस्पिटलमा उपचार भइरहेको छ।

फिल्म ‘जात्रै जात्रा’को सुटिङका लागि एनएफडिसी बालाजुतर्फ जाँदै गरेका बेला उनी दुर्घटनामा परेका हुन्। उनी दुर्घटनामा परेपछि  चलचित्रको छायाँकन समेत रोकिएको छ। कार्कीलाई ठक्कर दिने चालक भने मोटरसाइकलसहित फरार छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्