आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

आयोजक श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा

 |  बुधबार, भदौ २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

श्रीलंकालाई पराजित गर्दै भारत एसिया कप २०२३ को फाइनलमा प्रवेश गरेको छ। सुपर फोरअन्तर्गतको दोस्रो खेलमा भारतले श्रीलंकालाई ४१ रनले पराजित गरेको हो।

triton college

टस जितेर पहिले ब्याटिङ गरेको भारतलाई ४०.१ ओभरमा २१३ रनमा अलआउट गर्दै श्रीलंकाले एक खेलअघि नै फाइनलको ढोका खोल्ने सम्भावना देखाएको थियो। तर, २१४ रनको मध्यम लक्ष्य पूरा गर्न श्रीलंका असफल रह्यो। अलराउन्डर दुनिथ वेल्लालागे र धनञ्जय डिसिल्वाका अलावा कुनै पनि श्रीलंकन ब्याटर भारतीय बलिङका सामु टिक्न सकेनन्। 

श्रीलंकालाई ध्वस्त बनाउन भारतका कुलदीप यादवले चार विकेट लिए। उनले अन्तिम दुई विकेट लगातार दुई बलमा लिएका थिए। श्रीलंकाले भने लगातार तीन बलमा तीन विकेट गुमाउन पुग्यो। 

त्यसअघि भारतले कप्तान रोहित शर्माको ५३ रनको मद्दतमा अलआउट हुनुपूर्व २१३ रन बनाएको थियो। एक दिनअघि पाकिस्तानसँग विशाल रन अन्तरले विजयी भएको भारतलाई सामान्य लक्ष्यमै रोक्ने क्रममा अलराउन्डर दुनिथले पाँच विकेट लिएका थिए। यो उनको सर्वश्रेष्ठ बलिङ प्रदर्शन हो। 
 

प्रकाशित: Sep 13, 2023| 05:29 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्