शुक्रबार, पुस ४, २०८२

संसद् भवनभित्रै महिला सांसदमाथि दुर्व्यवहार 

 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

सिड्नी- अष्ट्रेलियाकी एक महिला सांसद्ले संसद्‌ भवनभित्र आफू निरन्तर उत्पीडनको शिकार भएको बताएकी छन्। पूर्व क्याबिनेट मन्त्री करेन एन्ड्रयूजले एक पुरुष सांसद्ले  घाँटी नजिकै आएर 'श्वास फेर्ने' र तल्लो सदनमा असभ्य टिप्पणी गरेको आरोप लगाएकी हुन्।

National life

'म त्यहाँ बसेर मेरो आफ्नै काममा ध्यान दिइरहेको समयमा फुरुष सांसद् आएर मेरो घाँटीको पछाडि सास फेर्नुभयो,' महिला सांसद एन्ड्रयूजले भनिन्। 

महिला सांसद् एन्ड्रयूज स्कट मोरिसनको पूर्व गठबन्धन सरकारमा उद्योग मन्त्री र गृह मामिला मन्त्री दुवै जिम्मेवारीमा रहेर काम गरेकी वरिष्ठ सांसदमध्येकी हुन्। 

उनले बारम्बार संघीय राजनीतिमा महिलाहरूमाथि हुने कठोर व्यवहारको बारेमा कुरा गरिरहेकी छन् र यस वर्षको सुरुमा उनले सन् २०२५ सम्ममा हुने अर्को चुनावमा अवकाश लिने घोषणा गरेकी छन्। 

पूर्व मेकानिकल इन्जिनियर एन्ड्रयूजले आफ्नो पूर्व-राजनीतिक करियर पुरुष-प्रधान क्षेत्रहरुमा बिताएको भए पनि संसदमा मात्रै लिंग-आधारित भेदभावको सामना गर्नुपरेको बताएकी छन्। 

Laxmi sunrise bank
kumari

'म राजनीतिमा आएपछि पहिलो पटक मैले महिला हुँ भनेर महिलाका हक अधिकारका पक्षमा लड्‍नुपरेको महसुस गरेँ,' उनले भनिन्।

यस वर्षको सुरुमा एन्ड्रयूजका तत्कालीन लिबरल पार्टीका सहकर्मी सिनेटर डेभिड भानले यौन उत्पीडनको तीनवटा आरोपहरूको सामना गर्नु परेको छ। यद्पि सांसद भानले उजुरीहरूलाई कडाइका साथ अस्वीकार गरेका छन्। 

अस्ट्रेलियाको संसद्‌मा दुर्व्यवहारका घटना बढेपछि गत फेब्रुअरीमा दुवै सदनले सांसद र कर्मचारीहरूका लागि नयाँ आचारसंहितामा सहमति जनाएका थिए। -बीबीसी

प्रकाशित: Sep 12, 2023| 18:48 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्