सोमबार, असार १६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • लिबिया बाढी : २ हजारभन्दा बढीको मृत्यु भएको आशंका, १० हजार बेपत्ता

लिबिया बाढी : २ हजारभन्दा बढीको मृत्यु भएको आशंका, १० हजार बेपत्ता

 |  मंगलबार, भदौ २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

vianetvianet

त्रिपोली- पूर्वी लिबियामा आएको बाढीमा परी २ हजार जनाभन्दा बढीको मृत्यु भएको छ। प्रकोपमा १० हजारभन्दा बढी बेपत्ता भएका रेडक्रसका अधिकारीले बताएका छन्।

रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका लिबियाका लागि प्रतिनिधिमण्डलका प्रमुख टेमेर रमदानले उत्तर अफ्रिकी देशमा बाढी पछि १० हजार मानिस बेपत्ता भएको र मर्नेहरूको सङ्ख्या हजारौं पुग्न सक्ने चेतावनी दिएका छन्।

मंगलबार ट्युनिसियाबाट भिडियो कन्फरेन्स मार्फत जेनेभामा संयुक्त राष्ट्र सङ्घको ब्रिफिङमा पत्रकारहरूसँग कुरा गर्दै रमदानले बाढीले बगाएर ज्यान गुमाउनेको सङ्ख्या धेरै ठूलो भएको जनाउँदै क्षतिको आकलन सकिएपछि ज्यान गुमाउनेको सङ्ख्या हजारौँ पुग्नसक्ने बताए।

लिबियाका अधिकारीहरूले ड्यानियल आँधीका कारण मुसलधारे वर्षासँगै अचानक आएको बाढीमा परी पूर्वी शहर डेर्नामा मात्र दुई हजारभन्दा बढीको मृत्यु भएको आशङ्का गरेका छन्।   -एपी

प्रकाशित: Sep 12, 2023| 20:02 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्