सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • स्वैच्छिक रुपमा रुसी सेनामा सेवा गर्न चाहनेको संख्या बढ्दो

स्वैच्छिक रुपमा रुसी सेनामा सेवा गर्न चाहनेको संख्या बढ्दो

 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०
National life
Shivam cement

मोरक्को- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बितेका छ महिनामा तीन लाख सैनिक परिचालन भएका तथा दुई लाख ७० हजार नागरिकले स्वस्फूर्तरुपमा रुसी सेनामा सामेल भएर राष्ट्र सेवामा योगदान गर्ने अभिमत जाहेर गरेका बताएका छन्। 

भ्लादिभोस्तकमा जारी आर्थिक मञ्चको बैठकमा राष्ट्रपति पुटिनले दुई लाख ७० हजार नागरिकले सेनामा भर्ती हुनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका बताए। 

'पछिल्ला छ महिनामा दुई लाख ७० हजार नागरिकले स्वैच्छिक रुपमा रुसी सेनामा सेवा गर्न सम्झौता गरेका, सेनामा अनुबन्ध हुन चाहनेको सङ्ख्या बढिरहेको छ, दैनिक रुपमा एक हजार देखि एक हजार पाँच सय सम्म सम्झौता गर्न आइरहेका छन्,' सैन्य भर्तीबारे विस्तृत विवरण उल्लेख नगरी रुसी राष्ट्रपति पुटिनले भने।    -एएफपी

प्रकाशित: Sep 12, 2023| 22:02 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्