बिहीबार, माघ २२, २०८२

एसिया कप क्रिकेट

भारतले पाकिस्तानलाई २२८ रनले हरायो

 |  सोमबार, भदौ २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

जारी एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीचको खेल भारतले भारी रनले जितेको छ। भारतले २२८ रनले पाकिस्तानलाई हराएको हो।

National life

एसिया कपमा यो सुपर फोर चरणको खेल हो। वर्षाका कारण आइतबार रोकिएको खेलमा भारतले दिएको ३५७ रन पछ्याउने क्रममा पाकिस्तानी ब्याटरहरू एकपछि अर्को गरी पेभेलियन फर्किन बाध्य भए। भारतीय बलरहरू सामु पाकिस्तानी ब्याटर जम्न सकेनन्।

पाकिस्तानका लागि ओपनर फखर जमानको २७ रन नै सर्वाधिक स्कोर रह्यो। त्यस्तै आघा सलमान र इफ्तिखर अहमदले २३/२३ रन बनाए। कप्तान बाबर आजम भने १० रनमै आउट भए। पाकिस्तानले ३२ ओभरमा १२८ रन मात्र बनाउन सक्यो। पाकिस्तानका नसिम साह र हरिस राउफले चोटका कारण ब्याटिङ गरेनन्।

भारतका लागि कुलदीप यादवले उत्कृष्ट बलिङ गरे। ८ ओभरमा उनले २५ रन मात्र खर्चिएर ५ विकेट लिए। त्यस्तै जसप्रित बुमराह, हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले १/१ विकेट लिए।

यसअघि आइतबार कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेटको क्षतिमा ३५६ रन बनाएको थियो। भारतका लागि विराट कोहली र केएल राहुलले शतकीय पारी खेले। कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा १२२ रन बनाए।

Laxmi sunrise bank

कोहलीले सबैभन्दा छिटो १३ हजार रनसमेत बनाए। त्यस्तै केएल राहुलले १०६ बलमा १२ चौका र २ छक्काको सहयोगमा १११ रन बनाए। आइतबार वर्षाले खेल रोकिँदा भारत २४.१ ओभरमा १४७/२ को अवस्थामा थियो।

पाकिस्तानका लागि शाहीन शाह अफ्रिदी र शादाब खानले १/१ विकेट लिए। यसअघि समूह चरणमा भारत र पाकिस्तानको खेल वर्षाले रोकिँदा दुवै टिमले अंक बाँडेका थिए। 

आइतबार वर्षाका कारण रोकिएको खेल आज पनि १ घण्टाभन्दा बढी रोकिएको थियो।

प्रकाशित: Sep 11, 2023| 23:24 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्