बिहीबार, माघ २२, २०८२

नेपाल म्यानमारसँग पराजित

 |  सोमबार, भदौ २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

काठमाडौं- म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। म्यानमारस्थित थुउन्ना रङ्गशालामा आज भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १–० गोलअन्तरले पराजित भएको हो।

National life

म्यानमारका लागि  विन नैइग तुनले गोल गरे। उनले खेलको दोस्रो हाफमा गरेको एक गोल नै म्यानमारका लागि निर्णायक गोल साबित भयो। विनले खेलको ८६औँ मिनेटमा निर्णायक गोल गरेका थिए।

अर्को महिना लाओसविरुद्ध हुने विश्वकप छनोटको तयारीस्वरूप नेपालले म्यानमारविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलको हो।

यसअघि भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो  नेपालले विश्वकप छनोटमा लाओससँग होम एन अवे गरी दुई खेल खेल्नेछ। नेपालले पहिलो खेल अक्टोबर १२ तारिखमा खेल्नेछ भने दोस्रो खेल अक्टोबर १७ तारिखमा हुनेछ।

प्रकाशित: Sep 11, 2023| 20:58 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्