आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एसिया कप क्रिकेट : पाकिस्तानलाई भारतले दियो ३५७ रनको विशाल चुनौती

एसिया कप क्रिकेट : पाकिस्तानलाई भारतले दियो ३५७ रनको विशाल चुनौती

 |  सोमबार, भदौ २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

National life
kumari

काठमाडौं- विराट कोहली र के एल राहुलको उत्कृष्ट ब्याटिङको मद्दतले भारतले पाकिस्तानसामु ३ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ। सुपर फोर अन्तरगत रिजर्भ डेको खेलमा भारतले २ विकेटको क्षतिमा ३ सय ५६ रन बनाएको हो।

राहुल र कोहली दुवैले शतक बनाउँदै दोहोरो शतकीय साझेदारी गरे। राहुलले १०६ बलमा १ सय ११ रन बनाए। उनले १२ चौका र दुई छक्का हाने। कोहलीले ९४ बल १ सय २२ रनको शानदार पारी खेले। कोहलीको यो ४७ औँ एकदिवसीय शतक थियो। उनले कूल ७७ शतक बनाइसकेका छन्।

त्यस्तै, कोहली एकदिवसीय खेलमा १३ हजार रन पुरा गर्ने पाँचौँ खेलाडी पनि गरेका छन्। इनिङका हिसाबले यो उनले सबैभन्दा चाँडो यो उपलब्धि हासिल गर्न सफल भएका हुन्।

प्रकाशित: Sep 11, 2023| 19:01 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्