बिहीबार, फागुन १४, २०८२

'पुष्पा २' को प्रदर्शन मिति तय

 |  सोमबार, भदौ २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र रश्मिका मन्दानाको अभिनय रहेको बहुप्रतिक्षित फिल्म 'पुष्पा २' को प्रदर्शन मिति तय भएको छ। सोमबार निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो।

National life

यो फिल्म सन् २०२४ अगस्ट १५ देखि प्रदर्शन हुने  भएको छ। भारतको स्वतन्त्रता दिवसको अवसर पारेर फिल्म प्रदर्शन गर्न लागिएको हो। फिल्मको नाम 'पुष्पा: द रूल' राखिएको छ।

हाल फिल्मको छायांकन भइरहेको बताइएको छ। सन् २०२१ मा रिलिज भएको 'पुष्पा: द राइज' बक्स अफिसमा सफल भएको थियो। 'पुष्पा' सफल भएदेखि नै यसको सिक्वेलको चर्चा भइरहेको छ। फिल्मले विश्वभरबाट ३ सय करोड भारू कमाएको थियो।

फिल्म 'पुष्पा' मा जुन मोडमा कहानी छोडिएको थियो, त्यसले दर्शकमाझ कौतूहलता बढाएको छ। सुकुमार निर्देशित फिल्म 'पुष्पा २' मा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका छ।

प्रकाशित: Sep 11, 2023| 17:16 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्