मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज क्यापिटलको युवा लक्षित लगानीकर्ता जागरूकता कार्यक्रम

सनराइज क्यापिटलको युवा लक्षित लगानीकर्ता जागरूकता कार्यक्रम

 |  सोमबार, भदौ २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

लक्ष्मी सनराइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सनराइज क्यापिटल लिमिटेडले युवा लक्षित लगानीकर्ता जागरूकता कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले सुदूर पश्चिम प्रदेशको धनगढीमा अवस्थित सन्तोषी टोलमा रहेको सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज) मा लगानीकर्ता जागरूकता कार्यक्रम सम्पन्न गरेको हो।

National life

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको यस कार्यक्रममार्फत युवा लक्षित तथा स्नातक बिद्यार्थीहरूलाई पूँजी बजार लगानी सम्बन्धी चेतना र ज्ञान अभिवृद्धि गर्न एक महत्वाकांक्षी शैक्षिक पहल अनावरण गरेको जनाएको छ।

यस कार्यक्रममा २०० भन्दा बढी उत्साही विद्यार्थी र संकायहरूले भाग लिएका कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। सनराइज क्यापिटल लिमिटेडका इन्भेष्टमेन्ट बैंकिङका विभागिय प्रमुख बिनोद आलेले पूँजी बजारका विभिन्न कार्यात्मक पक्षहरू जस्तै डिम्याट खाता र यसको सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, म्युचुअल फण्ड, सल्लाहकार सेवा, एसआईपी लगानी र धेरै आधारभूत आवश्यक विषयहरूमा जानकारी प्रदान गरेका थिए। त्यस्तै बीटा एनालिटिक्स प्रा.का विक्रम चित्रकार र सञ्जीव घिमिरेद्वारा आयोजना गरिएको तथ्यात्मक तथ्याङ्क युक्त प्रशिक्षण सत्र पनि सञ्चालन गरिएको थियो।

विद्यार्थी र युवा व्यक्तिहरूलाई उनीहरूको प्रश्नहरूको पर्याप्त रूपमा सम्बोधन गर्न र पूँजी बजारमा निहित विभिन्न अवसरहरू र जटिलताहरूको बारेमा जानकारी गराउन शिक्षित र प्रबुद्ध बनाउन कार्यक्रमलाई सावधानीपूर्वक तयार कम्पनीले जनाएको छ। सनराइज क्यापिटलले आगामी दिनमा पनि यस्तै शिक्षा सञ्चालनमा निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएको छ।

प्रकाशित: Sep 11, 2023| 17:03 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्