बुधबार, वैशाख १९, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • टाटाका खुद्रा विक्रेतालाई नबिल बैंकबाट बिनाधितो फाइनान्स

टाटाका खुद्रा विक्रेतालाई नबिल बैंकबाट बिनाधितो फाइनान्स

 |  सोमबार, भदौ २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

नबिल बैंकले टाटाको जेन्यूइन पार्टपुर्जा र टाटा मोटर्स जेन्यूइन आयलका खुद्रा विक्रेतालाई सस्तो र सहज वित्तीय सुविधा उपलब्ध गराउने भएको छ।

triton college

टाटा जेन्यूइन पार्टस् र टाटा मोटर्स जेन्यूइन आयलको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्रालि र नबिल बैंकबीच सहकार्य गर्ने सहमति भएको छ। सिप्रदी अटोपार्टस् प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र नबिल बैंकका एसएमई तथा माइक्रोफाइनान्स प्रमुख अमित श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार नबिल बैंकले सिप्रदी अटोपार्टका खुद्रा विक्रेतालाई सहज र सस्तो वित्तीय सुविधा उपलब्ध गराउनेछ।

 

प्रकाशित: Sep 11, 2023| 17:03 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्