मंगलबार, असार १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल लाइफका चार अभिकर्ता एमडीआरटी ग्लोबल सम्मेलनमा सहभागी

नेपाल लाइफका चार अभिकर्ता एमडीआरटी ग्लोबल सम्मेलनमा सहभागी

 |  सोमबार, भदौ २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

vianetvianet

नेपालको प्रतिनिधित्व नेपाल लाइफ इन्स्यारेन्सका ४ जना एजेन्सी मेनेजरले सिंगापुरमा आयोजित एमडीआरटी विश्व सम्मेलनमा सहभागिता जनाएका छन्।

विश्वस्तरिय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरछीले आफ्नो ग्लोबल सम्मेलन सिंगापुरमा भव्यताका साथ सम्पन्न गरेको हो। २७ देखि ३० अगस्ट सम्म चलेको कार्यक्रममा विश्वभरिबाट लगभग ७ हजार ५०० जनाको उपस्थिति रहेको थियो।

नेपाल लाइफ इन्स्योरेन्सबाट नेपाललाई प्रतिनिधित्व गर्दै कार्यक्रममा राम चन्द्र गौतम, रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्र कुमारी बुढाथोकीले सहभागिता जनाएका थिए।

उनीहरुले अन्तरराष्ट्रिय स्तरमा देशको झन्डा फहराउन पाउँदा आफुलाई निकै गौरवान्वित महसुस भएको बताएका छन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसरी अन्तर्राष्ट्रिय स्तरमा देश र कम्पनीको प्रतिनिधित्व गर्नु गौरवको कुरा भएको बताए।

यस्तो एक्सपोजरले व्यक्तित्व विकाशका साथै आफ्नो लर्निङ कर्भलाई माथि लैजान निकै सहयोग पुग्ने उनको भनाई छ। कम्पनीले धेरै भन्दा धेरै अभिकर्ताहरुलाई एमडीआरटी बन्न उत्प्रेरणा प्रदान गरिरहेको उनले बताए।

 

प्रकाशित: Sep 11, 2023| 17:00 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्