मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इसेवाको बैंक लिंक एकाउन्टमार्फत भुक्तानी गर्दा दैनिकदेखि मासिक उपहार जित्ने मौका

इसेवाको बैंक लिंक एकाउन्टमार्फत भुक्तानी गर्दा दैनिकदेखि मासिक उपहार जित्ने मौका

 |  सोमबार, भदौ २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले लिंक गरिएको बैंक खाता मार्फत सिधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्वजनिक गरेको छ।

National life

इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खाता मार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर सार्वजनिक गरिएको इसेवाले जनाएको छ।
२० भदौदेखि १८ असोजसम्म सञ्चालन हुने यस अफरमा बम्पर उपहार विजेताले ३५० सीसीको मोटरसाइकल जित्न सक्नेछन्।

यस अफरमा सहभागी हुनका लागि योजना अवधिभर सहभागीहरूले आ-आफ्नो लिंक गरिएको बैंक खाताहरू प्रयोग गरेर भुक्तानी गर्नुपर्नेछ।

इसेवाका अनुसार दैनिक पुरस्कार विजेताहरूको सूची प्रत्येक हप्ता घोषणा गरिनेछ। दैनिक विजेताहरू बम्पर पुरस्कारसँगै साप्ताहिक र मासिक पुरस्कारहरूका लागि पनि योग्य हुनेछन्। यसैगरी साप्ताहिक पुरस्कार विजेताहरूको सूची प्रत्येक हप्ता घोषणा गरिनेछ। साप्ताहिक विजेताहरू बम्पर पुरस्कारसँगै दैनिक र मासिक पुरस्कारहरूका लागि पनि योग्य हुनेछन्।

उपहार ह्याम्परहरू सङ्कलन गर्न, विजेताहरूले आफ्नो प्यान कार्ड विवरणहरू बुझाउनु पर्छ र पुल्चोक, ललितपुरमा रहेको ईसेवाको मुख्य कार्यालय वा तोकिएको शाखा कार्यालयमा जानुपर्नेछ।
नेपालको प्रचलित कानुन अनुसार भाग्यशाली विजेताले जितेको पुरस्कारमा २५ प्रतिशत रकमको विन्ड फल गेन कर लगाइनेछ।

 

प्रकाशित: Sep 11, 2023| 16:56 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्