आइतबार, असार १, २०८२

एसिया कप क्रिकेट

भारत-पाकिस्तान खेलमा आज पनि वर्षा बाधक

 |  सोमबार, भदौ २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

vianetvianet

जारी एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीचको खेलमा आज पनि वर्षा बाधक बनेको छ।

सुपर फोरअन्तर्गत हिजो अपराह्न सुरु भएको खेल वर्षाका कारण पूरा हुन सकेको थिएन। टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाएर १४७ रन बनाउँदा पानी परेको थियो। निरन्तर पानी परेर खेल हुन नसकेपछि आजका लागि सारिएको थियो।

यी दुई टिमबीचको खेल आज यही अवस्थाबाट सुरु हुनुपर्नेमा मैदान हिलो भएका कारण सुरु हुन सकेको  छैन। हिजो  खेल रोकिँदा भारतीय टिमबाट हाल क्रिजमा विराट कोहली आठ र केएल राहुल १७ रनमा खेलिरहेका थिए। त्यसअघि कप्तान रोहित शर्मा ५६ र सुभमन गिल ५८ रनमा आउट भएका थिए।

पाकिस्तानका सदाब खान र साहिन साह अफ्रिदीले एक–एक विकेट लिएका थिए। सुपर फोरमा दुई अंक जोडेको पाकिस्तान तालिकाको शीर्ष स्थानमा छ। भारतको भने सुपर फोरमा यो पहिलो खेल हो।

प्रकाशित: Sep 11, 2023| 16:21 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्