बिहीबार, माघ २२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अविश्वास प्रस्ताव दर्तापछि एन्फा अध्यक्ष र महासचिव स्वतः निलम्बन

अविश्वास प्रस्ताव दर्तापछि एन्फा अध्यक्ष र महासचिव स्वतः निलम्बन

पूर्वअध्यक्ष शेर्पाले गराए अविश्वास प्रस्ताव दर्ता एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४८ सदस्यको हस्ताक्षरसहित वर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।
 |  सोमबार, भदौ २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४८ सदस्यको हस्ताक्षरसहित वर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।

National life

संस्थापन इतरका बहुमत सदस्यहरुले एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। शेर्पा समूहले आज बिहानै मेलमार्फ अविश्वासको प्रस्ताव दार्ता गराएको र भौतिक रुपमा पनि एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अविश्वासको प्रस्ताव बुझाएको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले पुष्टि गरे।

अविश्वासको प्रस्ताव दर्ता हुनेबित्तिकै अध्यक्ष निलम्बनमा पर्ने भएकाले वरिष्ठ उपाध्यक्षलाई पत्र बुझाइएको उनको भनाइ छ। प्रस्ताव दर्ता गर्नका लागि ४० प्रतिशत सदस्यको हस्ताक्षर भए पुग्ने र त्यसलाई पारित गर्न दुई तिहाई बहुमत चाहिने तुलाधरले बताए।

एन्फाले विशेष साधारणसभा अनलाइनमार्फत गर्ने निर्णय गरेपछि भौतिक उपस्थितिमै साधारणसभा गर्नुपर्ने माग डिभिजन क्लबको थियो। एन्फाले आइतबार अनलाइनमार्फत साधारणसभा गर्न खोजे पनि बहुमत सदस्य उपस्थित नभएपछि आजसम्मका लागि स्थगित भएको थियो। तर, आज पनि शेर्पा समूहको अवरोधले साधारणसभा सुरु हुन नसकेको हो।

एन्फा विशेष साधारणसभा बैठक अनलाइनमार्फत बस्ने कार्यक्रम रहेकााा सदस्य संस्थाहरुले विशेष सल्लाह सुझावबमोजिम एन्फा अध्यक्षबाट साधारणसभा स्थगित भएको जानकारी एन्फा प्रवक्ता सुरेश शाहले विज्ञप्तिमार्फत गराएका छन्।

Laxmi sunrise bank

प्रकाशित: Sep 11, 2023| 13:34 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्