बिहीबार, फागुन १४, २०८२

एकै वर्षमा शाहरुखका दुई फिल्म पाँच सय करोड क्लबमा

 |  सोमबार, भदौ २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

शाहरुख खान अभिनित फिल्म ‘जवान’ले रिलिजको चार दिनमै पाँच सय करोडभन्दा बढी कमाएको छ। एकै वर्षमा दुई फिल्मले यो अंक पार गर्ने एकमात्रै नायक बनेका छन् शाहरुख। यही वर्ष रिलिज भएको शाहरुख स्टारर फिल्म पठानले हजार करोडको आँकडा पार गरेको थियो।

National life

फिल्ममा शाहरुखका अलावा विजय सेतुपति र नयनताराको समेत अभिनय रहेको छ। रिलिज भएको पहिलो दिन बिहीबार ‘जवान’ले ७५ करोड भारु कमाइ गरेको थियो, जुन हिन्दी भाषाको फिल्मले पहिलो दिनमा कमाएको हालसम्मकै सबैभन्दा धेरै हो।

‘जवान’ले टिकट बिक्रीमा पनि रेकर्ड बनाएको छ। रिलिजको चौथो दिन आइतबार जवानको २८ लाख ७५ हजार बढी टिकट बिक्री भएको थियो।

 

प्रकाशित: Sep 11, 2023| 12:08 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्