मंगलबार, वैशाख १८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखसँग छलफलमा प्रधानमन्त्री प्रचण्ड

विदेश रोजगारीमा गएको देश

श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखसँग छलफलमा प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करी रोक्ने विषयमा छलफल गर्न नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौं बोलाएका हुन्। 
 |  सोमबार, भदौ २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजदेखि वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन गन्तव्य मुलुकस्थित नेपाली राजदूत र नियोग प्रमुखसँग  छलफल गरेका छन्।

triton college

प्रधानमन्त्री प्रचण्डको अग्रसरतामा सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज र भोलि हुने छलफलका लागि गन्तव्य देशका राजदूत र नियोग प्रमुख काठमाडौं आइसकेका छन्।

प्रधानमन्त्री प्रचण्डले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करी रोक्ने विषयमा छलफल गर्न नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौं बोलाएका हुन्। प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा हुने छलफल श्रम आप्रवासनका सवाल र कूटनीतिक नियोगको भुमिकाका विषयमा केन्द्रित हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिँदादेखि कार्यस्थलसम्म भोगेका समस्या, त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्नेछ। बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ।

कानुनी प्रावधान, नीतिगत व्यवस्थालगायत विषयमा छलफल गरी रणनीति र योजना बनाएर कार्यान्वयनमा लैजाने सरकारको तयारी छ। वैदेशिक रोजगारका क्रममा गन्तव्य मुलुकमा नेपाली श्रमिकले भोग्दै आएका समस्या फरक–फरक छन्। वैदेशिक रोजगारीका क्रममा हुने ठगीका घटना बढ्दै गएका छन्।

corrent noodles
Metro Mart

ठगी नियन्त्रण गर्न विशेष योजना बनाउनुपर्नेमा आवाज उठ्दै आएको छ। छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सहभागिता छ।

बैठकले सुरक्षित श्रम गन्तव्यका लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउनेछ। यस प्रकारको बैठक नेपालमा प्रधानमन्त्रीको पहलमा पहिलो पटक हँुदै छ।

गत ७ भदौमा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्री, सरोकारवाला मन्त्रालय र विभागका प्रमुखसहितको बैठकले श्रम गन्तव्य मुलुकमा रहेका नेपाली राजदूत र नियोग प्रमुखसँग श्रम आप्रवासनका विषयमा छलफल गर्ने निर्णय गरेको थियो। 

वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधानका गन्तव्य मुलुकमा रहेका नेपाली दूतावासबाट आवश्यक तथ्यांक लिन मुख्यसचिवको नेतृत्वमा सरोकारवाला मन्त्रालयका सचिव सम्मिलित कार्यदल बनाइएको थियो।

प्रकाशित: Sep 11, 2023| 11:00 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्