मंगलबार, असार १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित समातिए राजस्व अधिकृत

नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित समातिए राजस्व अधिकृत

आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका हुन्।
 |  सोमबार, भदौ २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

vianetvianet

काठमाडौं– बाँकेको नेपालगञ्ज विमानस्थलबाट राजस्व अधिकृत स्रोत नखुलेको २६ लाख नगदसहित पक्राउ परेका छन्। आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका हुन्।

आज बिहान नेपालगञ्ज विमानस्थलबाट काठमाडौं उड्न लागेका सापकोटालाई २६ लाख नगदसहित पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए। उनले भने, ‘सापकोटको झोलाबाट स्रोत नखुलेको रकम बरामद भएको छ। यसबारे अनुसन्धान भइरहेको छ।’

सापकोटा श्री एयरको जहाजबाट काठमाडौं उड्न लागेका थिए। सापकोटाको साथमा रहेको स्रोत नखुलेको रकम घुस रकम हुन सक्ने आकलन गरिएको छ।

विमानस्थलमा चेकजाँचको क्रममा उनको साथबाट स्रोत नखुलेको २६ लाख बरामद गरिएको हो। सापकोटालाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्ज बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 11, 2023| 10:56 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्