आइतबार, साउन १८, २०८२

पूरा भएन भारत र पाकिस्तानको खेल, बाँकी आज हुने

 |  आइतबार, भदौ २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २४, २०८०

vianetvianet

एसिया कप क्रिकेटको सुपर फोरमा भारत र पाकिस्तानको बाँकी खेल भोलि सोमबार हुने भएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाएर १४७ रन बनाउँदा पानी परेको थियो। निरन्तर पानी परेपछि खेल हुन नसक्दा खेल भोलि रिजर्भ डेमा हुने भएको छ।

यी दुई टिमबीचको खेल अब भोलि यही अवस्थाबाट सुरु हुनेछ। भारतीय टिमबाट हाल क्रिजमा विराट कोहली आठ र केएल राहुल १७ रनमा खेलिरहेका छन्। त्यसअघि कप्तान रोहित शर्मा ५६ र सुभमन गिल ५८ रनमा आउट भएका थिए।

पाकिस्तानका सदाब खान र साहिन साह अफ्रिदीले एक–एक विकेट लिएका थिए। सुपर फोरमा दुई अंक जोडेको पाकिस्तान तालिकाको शीर्ष स्थानमा छ। भारतको भने सुपर फोरमा यो पहिलो खेल हो।

प्रकाशित: Sep 10, 2023| 22:51 आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्