शुक्रबार, चैत २०, २०८२

बालोन डि’ओर जिते करिअरकै सर्वाधिक सफल वर्ष हुने : मोड्रिच

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- क्रोएसिया तथा स्पेनिस क्लब रियल मड्रिडका स्टार मिडफिल्डर लुका मोड्रिचले आफ्ना लागि यो वर्ष अहिले सम्मकै सफल वर्ष रहेको बताएका छन् । यसबर्ष लगातार अवार्ड थापि रहेका मोड्रिचले उपाधिका हिसाबले मात्र नभएर नतिजाका हिसाबले पनि अत्यधिक सफल रहेको बताएका छन् ।

‘यो वर्ष पनि उपाधिका हिसाबले मात्रै नभएर नतिजाका हिसाबले अत्यधिक सफल वर्ष रह्यो । बालोन डि’ओर जिते खुसी हुनेछु, नजिते पनि मलाई फरक पर्दैन,’ मोड्रिचले भने । मोड्रिकले रसिया विश्वकपमा आफ्नो देश क्रोएसियालाई फाइनलसम्म लैजान कप्तानी भूमिकामा महत्त्वपर्ण योगदान दिएका थिए । 

मोड्रिकले रुस विश्ककममा उत्कृष्ट खेलाडीको अवार्ड जित्दा रियल मड्रिडबाट च्याम्पियन्स लिगको उत्कृष्ट मिडफिल्डरको अवार्ड पनि जितेका थिए । विश्व फुटबल निकाय फिफाले प्रदान गर्दै आएको अवार्ड बालोन डि’ओर जित्न सके यो वर्ष आफ्नो करिअरकै सर्वाधिक सफल वर्ष हुने समेत बताएका छन् । 

उनले यस बर्ष युइएफए वर्ष खेलाडी र फिफा वर्ष खेलाडीको अवार्ड जितिसकेका छन् । उनले भरखरै मात्र गोल मिडियाले प्रदान गर्दै आएको अवार्ड ‘गोल ५०’ पनि जितेका छन् । डिसेम्वर तीनमा घोषणा हुने यसपटकको बालोन डि’ओरमा पनि मोड्रिकलाई नै प्रमुख दोबदार मानिएको छ । 

धेरैले दशक देखिको क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको दबदबालाई तोड्ने विश्लेषण गरिरहेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।