शनिबार, असोज ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रहरीबाट लुटेको हतियार देखाएर लुटपाट गर्ने गिरोह प्रकाउ 

प्रहरीबाट लुटेको हतियार देखाएर लुटपाट गर्ने गिरोह प्रकाउ 

 |  आइतबार, भदौ २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २४, २०८०

विराटनगर- प्रहरीकै हतियार लुटपाट गर्ने ६ जना मोरङमा पक्राउ परेका छन्। मोरङ र सुनसरीको विभिन्न ठाउँमा हतियार देखाएर लुटपाट गर्ने गिरोहले २२ भदौमा प्रहरीकै हतियार लुटेपछि प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।

Kumaribank

पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका–४ का ३२ वर्षीय नसुदिन मिया, दुहबी-१ का ३० वर्षीय मोहम्मद अलिम मुर्तुजा, मोरङ बुढीगंगा गाउँपालिका-४ का ४० वर्षीय रिजवन मिया, बुढीगंगा-५ कै २१ वर्षीय मोहम्मद नजरूल मिया, २५ वर्षीय सिजाम आलम र भारत घर भई सुनसरी दुहबी नगरपालिका- ६ बस्ने ४० वर्षीय महम्मद आलम छन्।

उनीहरुले मोरङ र सुनसरीमा रातको समयमा यात्रा गर्नेहरुलाई हतियार देखाएर लुटपाट गर्ने गरेको प्रहरीमा उजुरी परेको थियो। यो समूहले लुटपाट गरेको भन्दै ५ भदौमै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको थियो। तर २२ भदौमा बुढीगंगा-४ पेठियामा यही समूहले प्रहरीमाथि आक्रमण गर्दै हतियार खोसेर लगेपछि चलाइएको कारबाहीमा ६ जना पक्राउ परेका हुन्।

ड्युटीमा रहेका सादा पोशाकमा प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई त्यस दिन चार जनाको समूहले आक्रमण गरी हतियार लुटेर लगेको थियो। अनुसन्धानका क्रममा लुटपाट भएको पेस्तोलसहित गिरोहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

भदौ २ गतेदेखि २२ गतेसम्म यो समूहले मोरङको विराटनगर, झोराहाट, बेलेपुर, ग्रामथान गिधनिया, तेतरीया, बेलबारीलगायतका स्थानमा १५ वटा लुटपाटका घटना गराएको थियो। त्यस्तै सुनसरीको दुहबी, बर्जु, गढीलगायतका स्थानमा लुटपाट गरेको थियो।
 

Metro Mart

प्रकाशित: Sep 10, 2023| 18:40 आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्