मंगलबार, वैशाख १८, २०८१

बाहुबली-२ को रेकर्ड तोड्दै गदर-२ ले ३० दिनमा कमायो ५१२.३५ करोड

 |  आइतबार, भदौ २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २४, २०८०

काठमाडौं- भारतीय चलचित्र गदर-२ ले ३० दिनमा ५१२.२ करोड कमाएको छ। न्नी देओल स्टारर गदर-२ ३० दिनमा सबैभन्दा बढी कमाउने अहिलेसम्मकै पहिलो चलचित्र बनेको छ। 

triton college

‘गदर २’ ले एसएस राजामौलीको ‘बाहुबली २’ को रेकर्ड पनि तोडेको छ। सन्नी देओल र अमिषा पटेलको शीर्ष भूमिका रहेको फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा प्रदर्शनको ३० दिन पूरा गरेको छ। 

यो अवधिमा गदर २ ले बाहुबलीको रेकर्ड तोडेको हो। फिल्मले ३० दिनमा ५१२.३५ करोड भारु कमायो। प्रभास स्टारर ‘बाहुबली २’ ले ५१०.९९ करोड ग्रस कलेक्सन गरेको थियो ।

२०१७ मा रिलिज भएको ‘बाहुबली २’ फिल्ममा तमन्ना, नस्सर, सत्यराज, राम्या कृष्णन र राना दग्गुबती जस्ता स्टार थिए । अब ‘गदर २’ को नजर शाहरुख खानको ‘पठान’मा छ, जसले देशव्यापी रुपमा ५२४.६२ करोड भारु कमाएको थियो ।

ड्रिमगर्ल २ ले भारतीय बक्स अफिसमा १०० करोड कमाउने तर्खरमा छ। अक्षय कुमार र पंकज त्रिपाठीको फिल्म ‘ओएमजी २’ ले १४९.३७ करोड कमाइसकेको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Sep 10, 2023| 18:31 आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्