मंगलबार, असार १७, २०८२

आत्महत्या रोकथाम गर्न एनसेलको सहकार्य

 |  आइतबार, भदौ २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २४, २०८०

vianetvianet

आत्महत्या रोकथामका लागि सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय हेल्पलाइन ११६६ मा अब एनसेलका ग्राहकले निःशुल्क फोन गरि मनोचिकित्सक तथा मनोपरामर्शदातासँग आवश्यक परामर्श लिन सक्छन्। यसका लागि एनसेल आजियाटा लिमिटेड र मानसिक अस्पतालले सहकार्य शुरु गरेको छ।

मानसिक अस्पताल, लगनखेलमा आयोजित एक कार्यक्रममा एनसेलले यस हेल्पलाइनको लागि सीमसहितको ह्याण्डसेट सोलुसन्स हस्तान्तरण गरेको छ। यससँगै अब यो हटलाइनमा एनसेल नेटवर्कबाट पनि फोन लाग्ने भएको हो।

आत्महत्या रोकथामका लागि राष्ट्रिय हेल्पलाइन ११६६ मा एनसेलबाट पनि सेवाको पहुँच सुनिश्चित भएको एनसेलको भनाइ छ। जहिले मनमा गाह्रो महशुस हुने, तनाव हुने, आफैलाई हानि पुर्‍याउन वा दुख दिन मन लाग्ने जस्ता लक्षणहरु देखिएमा तत्काल यस हटलाइनमा फोन गरेर तालिम प्राप्त मनोपरामर्शदातासँग परामर्श लिन सकिने मानसिक अस्तपालले जनाएको छ।

सरकारले विश्व स्वास्थ्य सङ्गठन र टिपिओ नेपालको सहयोगमा मानसिक अस्पताल, लगनखेल पाटनबाट यो सेवा सञ्चालन गर्दै आएको छ।

प्रकाशित: Sep 10, 2023| 17:19 आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्