मंगलबार, असार १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • फोनपे र भारतको एनआईपीएलले गरे क्रसबोर्डर क्यूआर भुक्तानीको सुरुवात

फोनपे र भारतको एनआईपीएलले गरे क्रसबोर्डर क्यूआर भुक्तानीको सुरुवात

 |  आइतबार, भदौ २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २४, २०८०

vianetvianet

भुक्तानी सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाको अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेसनल पेमेन्ट लिमिटेड (एनआईपीएल)ले क्रस बोर्डर भुक्तानी सुरु गर्ने भएका छन्।

ग्लोबल फिनटेक फेस्ट २०२३ मा क्रस बोर्डर भुक्तानी सुरुवात गर्ने समझदारी बनेको फोनपेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। क्रस बोर्डर भुक्तानीले नेपाल र भारतका नागरिकलाई मोबाइल एप प्रयोग गरी विभिन्न स्टोरमा क्युआर कोडमार्फत भुक्तानी गर्न सहज हुने बताइएको छ।

क्रस बोर्डर भुक्तानी सञ्चालनको लागि दुवै कम्पनीले तयारी पूरा गरिसकेको फोनपेले बताएको छ। भुक्तानी प्रणाली सञ्चालनको लागि प्राविधिक एकीकरणको काम अन्तिम चरणमा पुगेको विज्ञप्तिमा उल्लेख छ।

फोनपे तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले क्रस बोर्डर भुक्तानी व्यवस्थाले दुवै देशको नागरिकलाई सजिलो बनाउने बताए। ‘नेपाल र भारतबीच वित्तीय सम्पर्क अभिवृद्धिका लागि यो सहकार्य महत्वपूर्ण कदम हो। यसले दुई देश बीचको ब्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने छ’, ढकालले भने।

 

प्रकाशित: Sep 10, 2023| 17:18 आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्