मंगलबार, वैशाख १८, २०८१

एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच सम्झौता

 |  आइतबार, भदौ २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २४, २०८०

नेपालका लागि रेनो गाडीको आधिकारीक वितरक एड्भान्स्ड अटोमोबाईल्स् र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ।

triton college

नजिकिँदै गरेको दशैं तिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन यस सम्झौतामा हस्ताक्षर गरिएको कम्पनीले जनएको छ।

यस सम्झौतामा एड्भान्स्ड अटोमोबाइल्स प्रालिका जेनेरल म्यानेजर अधीर कुमार श्रेष्ठ र सानिमा बैंक लिमिटेडको रिटेल लेन्डिङ डिपार्टमेन्ट हेड विशाल दाहालद्वारा हस्ताक्षर गरिएको छ।

यस सम्झौता अनुसार रेनोको क्विड, ट्राइबर र किगर मोडेल खरिद गर्न चाहने ग्राहकवर्गले सानिमा बैंक मार्फत सहुलियत दरमा फाइनान्सको सुविधा पाउन सक्नेछन्। यो सुविधा रेनोका देशभरका आधिकारिक डिलरहरु र नजिकको सानिमा बैंकको शाखामा पनि उपलब्ध हुनेछ।

यसको साथसाथै रेनोले नजिकिँदै गरेको चाड्पर्वलाई लक्षित गरेर ‘रेनो शुभ कार रम्भ’ योजना पनि ल्याएको छ।

corrent noodles
Metro Mart

यो योजना अन्तर्गत रेनोका ग्राहकहरुले ७ लाखसम्मको छुटको साथै इजि फाइनान्स, एक वर्षसम्म निःशुल्क सडक कर, दुई वर्षसम्म निःशुल्क सर्भिसिङ र बेस्ट भ्यालु एक्स्चेन्ज अफरल गायतका लाभ पाउन सक्नेछन्।

 

प्रकाशित: Sep 10, 2023| 17:17 आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्