मंगलबार, असार १७, २०८२

सिप्रदीको रिटेलर्स मिट कार्यक्रम

 |  आइतबार, भदौ २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २४, २०८०

vianetvianet

टाटा जेन्युइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयलको आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडले काठमाडौं उपत्यका भित्रका रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना गरेको छ।

सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले उक्त कार्यक्रम सञ्चालन गरेका थिए।

टाटा लाई टाटा नै सही भन्ने मूल मन्त्र मान्दै सञ्चालन गरिएको कार्यक्रममा सम्बोधन गर्दै सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले सबैको साथ पाएर मात्र टाटा नेपालमा अटोमोबाइलको क्षेत्रमा नम्बर एक रहेकोले गर्दा सिप्रदीले पनि सबै रिटेलर्स, मेकानिक्स र ग्रहकलाइ साथमा लिएर अगाडि बढने गरको बताएका थिए।

सिप्रदीले प्राविधिकहरुलाई आधुनिक प्रविधिहरुको तालिम उपलब्ध गराई रहेको जानकारी गराउँदै हालसालै तीन दिन तालिम लिएका पच्चीस जनता प्राविधिकहरुलाई प्रमाणपत्र वितरण गरी सम्मानित गरेका थिए।

कार्यक्रममा खुद्रा बिक्रेताहरुको वित्तीय व्यवस्थापनको लागी सिप्रदीले नबिल बैंकसँग समझौता गरको अनि नयाँ प्रविधिसँग अभ्यास हुन डायनामिक टेक्नोसफ्टसँग समझौता गरी ईआरपी सफ्टवेयर प्रदान गर्न लागेको जानकारी गराए।

श्रेष्ठले ग्राहकलाई टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयल सहज, सुलभ र सहुलियत रुपमा उपलब्ध होस् भनी सिप्रदीले अनलाइन स्टोर दराजसँग समझौता गरी दराजमा उपलब्ध गराएको जानकारी गराए।

कार्यक्रममा रिटेलर्स र टाटा गुरुहरुलाई विभिन्न उपहारहरु प्रदान गरिएको थियो। टाटा वफादारी कार्यक्रम अन्तर्गत टाटा गुरु दिपक महर्जनले डियो स्कुटर उपहार प्राप्त गरे भने आईफोन १४ प्रो २ जनाले, एलईडी टेलिभिजन २ जनाले लगायत अन्य धेरैले उपहार प्राप्त गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै टाटा मोटर्स अन्तरराष्ट्रिय व्यापार प्रमुख राकेश मित्तलले आधुनिक प्रबिधिलाई आत्मसाथ गर्नु पर्ने बताए। साथै सम्पूर्ण उपहार बिजेताहरुलाई बधाई दिँदै टाटा मोटर्स आफ्ना ग्राहकको साथ रहने बताए।

 

प्रकाशित: Sep 10, 2023| 17:16 आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्