मंगलबार, वैशाख २९, २०८३

निसानले ल्यायो ‘निसान फेस्टिभ ड्राइभ’

 |  आइतबार, भदौ २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २४, २०८०

निसान गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ ड्राइभ’ को विशेष छुटको योजना ल्याएको छ। यो योजना निसानका सबै गाडीहरू— निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रायलमा लागू हुनेछ।

National life

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाले भने, ‘भदौ २६ देखि ३१ सम्म सञ्चालन हुने पन्ध्रौँ नाडा अटो सो २०२३ तथा सँगै आउने चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको हो।

यो योजना नाडा अटो सो सकिएपछि पनि चाडपर्वको अवधिभरी लागू हुनेछ। ‘निसान फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत ग्राहकहरूले ‘नाडा अटो सो’मा निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउनुहुनेछ। निःशुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), निःशुल्क ३ वर्षको सडक कर (रोड ट्याक्स), निःशुल्क ३ वर्षको सर्भिसिङ, ३ वर्षको वारेन्टी र १३ लाखसम्म बचत हुने फाइदाबाट ग्राहकहरू लाभान्वित हुन सक्नेछन्।’

यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ। यी सुविधाहरूमा सर्तहरू लागू हुनेछन्।

यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाहरूले चाडपर्वको समयलाई थप उत्सवमय बनाउने छ। पायोनियर मोटो कर्प—सम्पूर्ण ग्राहकहरूलाई नाडा अटो सो २०२३ मा सहभागी भई वा आफ्ना नजिकको निसान सोरुममा सम्पर्क गरी यो नयाँ योजनाका छुट तथा सुविधाहरू प्राप्त गर्न अनुरोध गर्दछ।

 

प्रकाशित: Sep 10, 2023| 17:15 आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्