बुधबार, वैशाख १९, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • पारामाउन्ट मोटर्सले सार्वजनिक गर्‍यो दुई विद्युतीय गाडी

पारामाउन्ट मोटर्सले सार्वजनिक गर्‍यो दुई विद्युतीय गाडी

 |  आइतबार, भदौ २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २४, २०८०

पारामाउन्ट मोटर्सले आइतबार काठमाडौंमा २ वटा नयाँ गाडी सार्वजनिक गरेको छ। एमजी ४ र कमेट विद्युतीय गाडी एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

triton college

सार्वजनिक भएकामध्ये कमेट इभीफ १७.३ किलोवाट क्षमताको ब्याट्री रहेको छ। भारतमा बनेको कमेटले २३० रेञ्ज  दिन्छ।

कोमेटमा ३१.२६ किलोवाटको मोटर रहेको छ। गाडीमा आईपी ६७ रेटेड ब्याट्रि, डुअल फ्रान्ट एयर ब्याग, पार्किङ सेन्सर रहेका छन्। फिचर्सहरुमा एलइडी स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसि लगायत रहेका छन्।  एमजी कमेट इभी प्ले र पेसगरी २ वटा भेरियन्टमा उपलब्ध रहेका छन्।

एमजी कमेट इभीको मूल्य १७ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। एमजी ४ को मूल्य ४१ लाख ४९ हजार तोकिएको छ। यो गाडीमा ९९ र १५० किलोवाट मोटरमा उपलब्ध छ।

कम्पनीका अनुसार १५० किलोवाटको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। एक पटकको चार्जमा यो गाडीले ४३५ किलोमिटरसम्मको रेञ्ज दिन्छ।

corrent noodles
Metro Mart

एमजी ४ इभी २०२३ को युके कार अफ द इयर हुनुकोसाथै युरोपमापनि सेफ्टीकोलागि ५ स्टार पाएको छ। कम्फर्ट र लक्जरीगरी २ वटा भेरियन्टमा उपलब्ध छ। एमजी फोर इभीमा रियर ह्वील लेआउट राखिएको छ।

सुरक्षा फिचर्समा आइसोफिक्स, फ्रन्ट साइड एयरब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम छन्। थप सुविधाकोरुपमा मोबाइल फोन ब्लुटुथ, ५ वटा ड्राइभिङ मोड रहेका छन्।

एमजीका दुवै इभीमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्सिङ क्यामेरा र आवश्यक सेफ्टी फिचर्स रहेका छन्। १८०० एमजीका गाडीमा १५०० विद्युतीय गाडी नेपाली सडकमा गुडिरहेका छन्। हालसम्म कम्पनीले ५० चार्जिङ स्टेशन स्थापना गरिसकेको छ।

आइतबार सार्वजनिक यी दुवै गाडीका लागि कम्पनीले हाइ भोल्टेज ब्याट्रीमा एक लाख ५० हजार किलोमिटरसम्म ८ वर्षे ग्यारेन्टी दिएको छ। उता हाइ भोल्टेज कम्पोनेन्टमा ३ वर्ष वा १ लाख किलोमिटरसम्म वारेन्टी दिएको छ।

 

प्रकाशित: Sep 10, 2023| 17:14 आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्