मंगलबार, वैशाख २९, २०८३

एसयूभी ‘सेरेस-३’ को मूल्य सार्वजनिक

 |  आइतबार, भदौ २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २४, २०८०

एसयूभी ‘सेरेस-३’ को मूल्य सार्वजनिक भएको छ। सेरेसलाई नेपालमा बिगत ६ दशकदेखि अटोमोटिभ बिरासत सम्हालिरहेको एमएडब्लु ग्रुपले भित्र्याउन लागेको हो।

National life

कम्पनीले कम्फर्ट भेरियन्टको सुरुवात मूल्य रु. ४७ लाख ९९हजार र प्रिमियम भेरियन्टको सुरुवात मूल्य– रु ४९ लाख ९९ हजार रहने जनाएको छ।

कम्पनीले सिमित समय र लिमिटेड स्टकहरूका लागि मात्र उक्त मूल्य उपलब्ध हुने जनाएको छ। लिमिटेड स्टक समाप्त भएपछि भने कम्फर्ट भेरियन्टको मूल्य रू। ४९.९९  लाख र प्रिमियम भेरियन्टको मूल्य रु ५२.९९ लाख हुनेछ।

एमएडब्लु वृद्धिका बिजनेस हेड प्रसन्न पन्तले भने, ‘सेरेसका अधिकांश उत्पादनहरू युरोपेली बजारमा निकासी हुने भएकाले ड्यास क्याम, स्पेयर टायर, अफलाइन म्याप न्याभीगेसन जस्ता धेरै विशेष सुविधाहरू हाम्रो सेग्मेंटमा रहेका गाडीहरूमा मात्रै छन्।’

ग्राहकवर्गहरुले यी विशेष लन्च मूल्यहरूमा सेरेस–३ कम्फर्ट वा प्रिमियम भेरियन्ट पाउने यो सुवर्ण अवसर रहेको छ। आफ्नो गाडी बुक गर्नका लागि नाडामा स्टल नम्बर ए–६ मा १२ देखि १७ सेप्टेम्बर २०२३  मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।

ब्रान्ड फाइनान्सद्वारा २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दो अटोमोटिभ ब्रान्डको रूपमा मान्यता प्राप्त सेरेसले २१ युरोपेली देशहरूमा उल्लेखनीय उपस्थिति जनाएको छ। साथसाथै अग्रणी टेक्नोलोजी जायन्ट हुवावेसँगको अटोमोटिभ उत्पादनमा पनि सेरेसको साझेदारी छ। सेरेस–३ इलेक्ट्रिक एसयूभी, ‘गो लिमिटलेस् ईभी एसयूभी’ भनेर चिनिन्छ। यो गाडी पहिलो इभी एसयूभीहरू मध्ये एक हो।

 

प्रकाशित: Sep 10, 2023| 17:13 आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्